‘स्थानीय तहमा प्रशासन-जनप्रतिनिधि’ अभियान सुरु: सेवा प्रवाहलाई छिटो-छरितो बनाइने

पुरुषोत्तम सुबेदी/ नवलपरासी, पुस १२ गते ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सरकारी सेवालाई थप प्रभावकारी, झन्झटमुक्त र जनमुखी बनाउन ‘स्थानीय तहमा प्रशासन-जनप्रतिनिधि’ विशेष कार्यको थालनी गरेको छ। जिल्लाका सातवटै पालिकामा पुगेर सेवा प्रवाहको अवस्था बुझ्ने र सुधार गर्ने लक्ष्यका साथ सुस्ता गाउँपालिकाबाट यो अभियानको सुरुवात गरिएको हो।

आम नागरिकलाई प्रदान गरिने सरकारी सेवालाई चुस्त-दुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहितको टोली र सुरक्षा निकायका प्रमुखहरू प्रत्यक्ष रूपमा पालिकासम्म पुग्न थालेका छन्। यस अभियान अन्तर्गत जनप्रतिनिधि र कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरी सेवाग्राहीका गुनासा सुन्ने र तत्काल समाधानका लागि निर्देशन दिने कार्य हुने छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाको सेवा प्रवाहलाई व्यवस्थित बनाउन जनप्रतिनिधि, प्रशासन र सेवाग्राहीसँग छुट्टाछुट्टै सुझाव संकलन गरिरहनुभएको छ। यस प्रयासले जिल्लाका सरकारी कार्यालयहरूमा पछिल्लो समय सेवा प्रवाहमा क्रमिक सुधार र चुस्तता देखिन थालेको छ।

सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले भन्नुभयो— “यो कार्यक्रमले स्थानीय सरकार र जिल्ला प्रशासनबीचको समन्वयलाई नयाँ उचाइमा पुर्‍याएको छ। नागरिकता, राहदानी र घटना दर्ता जस्ता आधारभूत सेवा लिन अब नागरिकले अनावश्यक सास्ती भोग्नु पर्दैन। प्रशासन र जनप्रतिनिधि एकै ठाउँमा बसेर समस्याको पहिचान गर्दा सेवा प्रवाहमा देखिएका कानुनी र व्यावहारिक अड्चन फुकाउन सहज भएको छ।”

छलफलका मुख्य एजेन्डाहरूमा शान्ति सुरक्षा र अपराध नियन्त्रण: स्थानीयस्तरमा सुरक्षाको प्रत्याभूति र अपराध न्यूनीकरण नागरिकता र राष्ट्रिय परिचयपत्र: परिचयपत्र र नागरिकता बनाउने प्रक्रियालाई वडास्तरसम्मै सहज बनाउने, घटना दर्ता: जन्म, मृत्यु, विवाह र बसाइँसराइ दर्तालाई प्रविधिमैत्री र छिटो बनाउने।राहदानी : राहदानी सिफारिस र वितरण प्रक्रियामा सहजीकरण गर्ने लगायतका छन् ।

जिल्ला प्रशासन कार्यालय आयोजक र सुस्ता गाउँपालिका सह-आयोजक रहेको यो कार्य अब जिल्लाका अन्य पालिकाहरूमा पनि क्रमशः विस्तार गरिने जनाइएको छ। यसले सर्वसाधारणलाई जिल्ला प्रशासनबाट प्राप्त हुने सेवाहरूबारे सही जानकारी दिने मात्र नभई, ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारालाई प्रशासनिक रूपमा समेत कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot