नवलपरासी ,११ पुस नेपाली कांग्रेसले एक वर्षका लागि पार्टीबाट निष्कासन गरे पनि संविधानसभा सदस्य तथा लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल जनताको बीचमै सक्रिय देखिएका छन्। पार्टीको कारबाहीपछि औपचारिक जिम्मेवारीबाट टाढा रहनु परे पनि उनी कार्यकर्ता मात्र होइन, आम नागरिकको सुख–दुःखमा निरन्तर सहभागी भइरहेका छन्। दिनहुँ जनताको घरदैलोमा पुग्दै आएका खनालले कठिन अवस्थामा परेका भुइँमान्छेका पीडा बुझ्ने र साथ दिने कामलाई निरन्तरता दिएका छन्। सामाजिक, व्यक्तिगत तथा सामुदायिक कार्यक्रममा उनको उपस्थितिले उनी अझै पनि जनताबाट टाढा नभएको सन्देश दिएको छ। नेविसंघको राजनीतिबाट उदाएका खनाललाई ग्रासरुटमा संगठन नभएका केही आर्थिक हैसियतमा बलिया व्यक्तिहरूले राजनीतिक रूपमा कमजोर पार्न खोजेको आरोप कार्यकर्ताहरूले लगाउँदै आएका छन्। तर, पार्टीको औपचारिक कारबाहीका बाबजुद पनि खनाल विचलित नहुँदै संगठन विस्तार र जनसम्पर्कमै जुटिरहेका छन्। उनको श्रम, पसिना र समर्पणबाट हुर्किएको संगठन र शुभेच्छुकहरूको बलियो साथका कारण पार्टीबाट निष्कासनले उनलाई जनताको मनबाट हटाउन नसकेको कार्यकर्ताहरू बताउँछन्। जनताका मुद्दामा प्रत्यक्ष संवाद (फेस टु फेस) गर्न सक्ने, जटिल परिस्थितिमा पनि स्पष्ट धारणा र भिजनसहित टेबुल टक गर्न सक्ने खनालको स्वभावलाई भुइँमान्छेहरूले अझै सम्झिरहेका छन्। यसै कारण, पार्टीले निष्कासन गरे पनि जनताको मनमा आफू सुरक्षित रहेको बुझेका खनाल नेपाली कांग्रेसभित्रै रहेर आफ्नो राजनीतिक संघर्ष जारी राखिरहेका छन्। उनी न त निराशा देखिन्छ, न त पलायनको सोच—बरु जनताको विश्वासलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने दृढ संकल्पसहित उनी मैदानमै छन्। हिजो उनिसग सगै सहकार्य गरि फुटेर गएकाहरु पनि पछिल्लो समय उनको सारथि बन्दै पार्टीमा उनको योगदानको कदर गर्दै उनिसगै हातेमालो गर्न आईपुगेका छन ।आम कार्यकर्ताको भावना अनुरुप नवलपरासी काङ्ग्रेसमा फेरीएको समीकरणले एकताको संदेश दिएको भन्दै नेता तथा कार्यकर्ता खुसी छ्न भने केहि निरास छ्न ।उक्त समीकरणलाई फरक फरक तवरबाट टिप्पणी गरिएपनी नेता खनालको राजनीतिक भविष्य सुनिश्चित हुनुपर्ने आवाज उठ्दै आएको छ । (बिक्रम खनाल सग कुराकानीका आधारमा तयार पारिएको) राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।