नवलपरासी ,८ पुस क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले आगामी निर्वाचनलाई साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन भएको ठहर गर्दै सशक्त रुपमा बहिष्कार गर्न आब्हान गरेको छ । जेनजी बिद्रोह पछि बनेको सुशिला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिदै पार्टीले स्वाधीन संयुक्त सरकार गठनको माग गरेको हो । सोमवार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले बर्दघाट प्रेस क्लबको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले दलाल, भष्ट्र संसदीय ब्यवस्थालाई जोगाउन साम्राज्यवाद र विस्तारको इशारामा कठपुतली सरकार बनाएर निर्वाचनको नाटक मञ्चन गरिएको बताए । उनले साम्राज्यवाद तथा विस्तारवाद विरोधी सम्पूर्ण राजनीतिक दल, संगठन, समूह एवं व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन, उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार र संघीय जनगणतन्त्रमा आधारित नयाँ संविधानको निर्माण नै आजको तत्कालीन राजनीतिक निकास हुने दावी गरे । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले संसदीय ब्यवस्थ, त्यसको रक्षक दल र मतियार दलहरुको रबैयाको कारण देश र जनताले सास्ती भोग्नु परेको औल्याए । युवा नेता पाण्डेयले जेनजी बिद्रोहबाट देशले निकास पाउन नसकेको चर्चा गर्दै संर्घषको माध्यमबाट मात्र देशले राजनीतिक निकास पाउने बताए । उनले संसदीय निर्वाचनलाई सशक्त ढंगबाट बहिष्कार गर्न पार्टीले योजना बनाएको जानकारी दिदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरे । पत्रकार सम्मेलनमा जिल्ला सेक्रेटरी पाण्डेयद्वारा हस्ताक्षरित प्रेस बक्तब्य जारी गरिएको थियो । बक्तब्यमा पहिलो चरण अन्तरगत पुष ७ गते पत्रकार सम्मेलन गरेर संर्घषका कार्यक्रम सार्वजनिक गर्ने, पुष ८ गतेदेखि जिल्लाव्यापी भित्तेलेखन, पुष ११ गते माओ दिवसका दिन काठमाण्डौं केन्द्रित जनसभामा सहभागी भएर सभालाई भव्यरुपमा सफल पार्ने, पुष १६ गतेदेखि सातै वटा स्थानीय तहमा पर्चा वितरण, पुष २० गते स्थानीयस्तरमा अन्तरक्र्रिया गर्ने, पुष २५–२६ गते जिल्लाव्यापी कोणसभाहरु गर्नेलगायतका कार्यक्रम समाबेश छ । दोस्रो चरण अन्तरगत माघ २ गतेबाट पर्चा सहित जनभेटघाट तथा घरदैलो कार्यक्रम गर्ने , उमेदवारी दर्ताको दिन माघ ६ गते बहिष्कार ¥याली गर्ने , माघ ७ गतेदेखि १२ गतेसम्म नगर वा गाउँपालिकामा कोण सभाहरु आयोजना गर्ने, माघ १५ गते मशाल जुलुस निकाल्ने र माघ २३ संसदीय निर्वाचन बहिष्कारको आब्हान सहित मोटरसाइकल ¥याली गर्ने कार्यक्रम बक्तब्यमार्फत सार्वजनिक गरिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।