सुस्तामा अन्तरक्रिया: नागरिकले राज्यका सेवा सरल, सहज र ढिलाइबिनै पाउनुपर्नेमा जोड

आरपि उपाध्याय / त्रिवेणी ,८ पुस

पश्चिम नवलपरासीको सुस्तामा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्नेहरुले नागरिकले राज्यबाट पाउने सेवा सुविधालाई सरल र सहज ढङ्गबाट पाउनुपर्ने बताएका थिए।
उनीहरूले नागरिकता,राहदानी,राष्ट्रिय परिचयपत्र र व्यक्तिगत घटना जस्तो नागरिकलाई नभई नहुने आधारभूत तत्व नागरिकहरुलाई सेवा प्रदान गर्ने कार्यालयबाट कानुनी प्रक्रिया पुर्याइ उपलब्ध गराउने कुरामाथी जोड दिएका हुन।

पालिका अन्तर्गतका वडा कार्यालयहरुले सिफारिस गर्दा कानुनी प्रक्रिया बुझेर सेवाग्राहीहरुलाई बेगर ढिलाइका साथ सिफारिस उपलब्ध गराउनुपर्ने कुरा माथि जोड दिदै सिफारिस कर्ताहरुले लोभ,लालचमा नफसेर आफ्नो जिम्मेवारी र कर्तव्यलाई निर्वाह गर्न पनि सुझाव दिएका थिए।
उनीहरुले वडा कार्यालयबाट सिफारिस गरिएको केही पत्रको अवज्ञा गरि प्रहरीद्वारा सर्जमिन सहितको सिफारिस माग गर्नु वडा र पालिकालाई नै अविश्वास गरिएको पनि औल्याएका थिए।


जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.स.प.) को आयोजनामा सुस्ता गाउँपालिका का स्थानीय तहका जनप्रतिनिधि र प्रशासन बिच भएको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्नेहरुले सो धारणा राखेका हुन।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण नागरिकता,राष्ट्रिय परिचयपत्र,घटना दर्ता र राहदानी लगायतका सेवा सम्बन्धि विषयमा उपस्थित जनप्रतिनिधि,वडा कार्यालयका सचिव र राजनीति दलका नेताहरूले आफ्नो जिज्ञासा राख्दै शान्ति सुरक्षा अमनचयन कायम राख्न प्रहरी प्रशासनले निस्वार्थ रुपमा नागरिकको चाहना बमोजिमको कार्य पूरा गर्न सुझाव पनि दिएका थिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले कार्यक्रमको सहजीकरण गर्दै नागरिकता,राहदानी, व्यक्तिगत घटना दर्ता,नियम कानुनको परिधिभित्र रहेर कानुन बमोजिम सिफारिस गर्नुपर्ने धारणा राख्दै प्रक्रिया पुगेका नेपालीले राज्यबाट पाउने सेवा सुविधा दिन जिल्ला प्रशासन कार्यालय पुर्ण प्रतिबद्ध रहेको बताउनु भएको थियो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले नेपाल सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा भरपर्दो र विश्वसनीय रुपमा प्रदान गर्ने कार्यमा अगाडि बढेको जानकारी पनि दिनुभयो।
प्र.जि.अ. लम्सालले वडाले दिएको सिफारिस नै महत्वपूर्ण मानी सिफारिसलाई कार्यान्वयन गर्दै आएको जिकिर पनि गर्नुभयो।
सो अवसरमा सुस्ता गाउँपालिका का जनप्रतिनिधि,जिल्ला स्थित सरकारी निकायका प्रमुख,संघसंस्थाका प्रतिनिधि र स्थानीय सुरक्षा युनिटका प्रमुखहरूको पनि सो अवसरमा उपस्थिति रहेको आयोजकले बताएको छ।


कार्यक्रममा जनप्रतिनिधि,वडा सचिव र राजनीतिक दलका प्रतिनिधिहरूले राहदानी,नागरिकता लगायतको सिफारिस गर्दा आउने कठिनाइ र कानुनी जटिलताको विषयमा पनि प्रत्यक्ष अन्तरक्रिया भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot