राष्ट्रिय दैनिक / नवलपरासी, ७ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३, सरावलमा पुस ८ गतेदेखि १६ गतेसम्म श्री श्री १०८ हनुमान महायज्ञ हुने भएको छ। धार्मिक आस्था, भक्ति र संस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।
आगामी महायज्ञमा दर्शन–पूजनका साथै सर्वसाधारणको मनोरंजनका लागि विभिन्न कार्यक्रमहरू समेत समावेश गरिनेछ। विशेषगरी बालबालिका र युवालाई लक्षित गर्दै रोटे पिंग, डुङ्गा–पिडु (नइयावाला), लाल–पिला, तीर–निशाना, रिंग खेल, चिट्ठालगायतका मनोरंजन खेलहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
महायज्ञलाई भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्न स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि तथा सम्पूर्ण श्रद्धालु भक्तजनको सक्रिय सहभागिता आवश्यक रहेको आयोजक समितिको भनाइ छ। महायज्ञ अवधिभर धार्मिक अनुष्ठान, भजन–कीर्तन तथा भक्तिमय वातावरण रहने बताइएको छ।
आयोजक समितिले महायज्ञमा उपस्थित भई धार्मिक पुण्य लाभ लिनुका साथै कार्यक्रमको सफलतामा सहयोग गर्न सबैमा अनुरोध गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

