वीरगंज ५ पुस अहमदिया संघ नेपालले शनिबार बिन्दावासनी गापा. प्रसौनीभाठा –५ पर्सा स्थित मसरुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो। उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क मोतिबिन्दुको शल्यक्रिया सहित निःशुल्क औषधि वितरण गरिएको छ । अहमदिया संघ नेपालको आयोजना तथा नेपाल नेत्र ज्योति संघ – केडिया आँखा अस्पतालको संयुक्त सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो । अहमदिया संघ नेपाल एक मुस्लिम धार्मिक संस्था हो । “सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं “ भन्ने मूल मान्यता लाई आत्मसात गर्दै ,यसको एउटै उदेश्य आम नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, आत्मीय समझदारीका साथ शैक्षिक एवम् स्वास्थ्य सम्वन्धी सचेतना जगाई सब्य र समृद्ध समाज निमार्ण गर्नु नै अहमदिया संघ नेपालको मुख्य उदेश्य रहेको आयोजक सदस्य तथा इन्चार्ज बारा पर्सा हासिम अहमदले बताए । यस्तै, स्थापनाकालदेखि, संघले वृद्ध, बालबालिका , भुकम्प, बाढी पीडित, तथा कोरोना जस्तो कठिन परिस्थितिमा मानव सेवाभावले सक्ने सहयोग आदानप्रदान गरेको र गरिरहने समेत बताए । अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारीको सभापतित्व तथा विन्दवासिनी गाउँपालिका को अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको उक्त कार्यक्रममा करिब ४७६ जना उपचारबाट लाभान्वित भएका छन । जसमा १८० जनामा मोतिया बिन्दु देखा परेको छ। भने उहाँहरु भोलि बाट निशुल्क सल्याकृया हुने बताए । केडिया आँखा अस्पताल प्रबिधिक डा. रासदेव साह ,डा. शिवशंकर फिजिसियान डा. अनिल कुमार साहलगायतका प्रविधिक टिम रहेको थियो। त्यसैगरी अहमदिया संघ नेपालको कोषाध्यक्ष इसराइल अहमद सदस्य रहमतुलाह अहमद,शेख ईस्माईल,अलिक अहम,सजाउ हुसेन, हेल्थ असिस्टेन्ट अलताफ हुसेन लगायतका शिविरमा सहभागिता रहेको थियो। आर्थिक तथा शारीरिक रुपले कम्जोर रहेका हामी वृद्धवयालाई घर–दैलामै उपचार पाउँदा खुशीको सिमाना नै छैन भन्दै लाभान्वित तथा लाभग्राहीहरुले आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।