चिसो बढेसँगै तराईमा जनजीवन कष्टकर, जनप्रतिनिधिको उदासीनताप्रति स्थानीय आक्रोश

अनिल बनिया /नवलपरासी, ५ पुस

पश्चिम नवलपरासीसहितका तराई क्षेत्रहरूमा चिसो अत्यधिक बढेसँगै सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ। विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा मुटुरोगीहरू चिसोको उच्च जोखिममा परेका छन्। चिकित्सकहरूले यी संवेदनशील समूहलाई सकेसम्म तातो स्थानमा बस्न, तातो पानी पिउन र चिसोबाट बच्न विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।
तर, चिकित्सकीय सुझावअनुसार आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्थामा पनि स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो बढ्दै गएको छ। चिसो छल्न नसक्दा धेरै वृद्धवृद्धा खुला ठाउँमै आगो बालेर धुवाँ ताप्दै दिन कटाउन बाध्य छन्।
स्थानीय तहदेखि वडासम्म हरेक वर्ष करोडौँ रुपैयाँ बजेट विनियोजन हुने गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नदेखिएको स्थानीयको आरोप छ। चार वर्ष बितिसक्दा पनि पाल्हिनन्दन गाउँपालिका वडा नं. १ मा उल्लेखनीय विकास नदेखिएको भन्दै एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “बजेट र योजना भएको सुनिन्छ, तर विकास आफ्ना मान्छेका लागि मात्र भएको देखिन्छ।”
त्यस्तै, वन उपभोक्ता समिति अध्यक्ष तथा सदस्यहरूले काठ–दाउरा आफ्नै प्रयोजनका लागि मात्र लैजाँदै गरेको आरोप पनि स्थानीयले लगाएका छन्।
चिसो बढ्दा चोक–चौराहामा आगो बाल्ने व्यवस्था, गरिब तथा वृद्धवृद्धालाई कम्बल र दाउरा वितरण गर्ने जस्ता न्यूनतम राहत कार्यक्रमप्रति समेत जनप्रतिनिधिहरूले चासो नदेखाएको उनीहरूको गुनासो छ।


स्थानीयहरूका अनुसार चुनावको बेला मात्र जनप्रतिनिधिहरू घरदैलोमा पुगेर समस्या सुन्ने गर्छन्, तर जाडोको कठ्याङ्ग्रिदो समयमा गरिब, असहाय तथा वृद्धवृद्धाको पीडातर्फ कसैको ध्यान पुग्दैन। हरेक वर्ष जाडो याममा दाउरा उपलब्ध गराउने आश्वासन मात्र आउने र वास्तविक व्यवस्थापन नहुने प्रवृत्ति दोहोरिँदै आएको स्थानीयले बताएका छन्।
चिसो बढ्दै जाँदा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न र दीर्घकालीन समाधानको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot