समान व्यवहार परियोजना’ले ल्यायो सकारात्मक रूपान्तरण

दोरेन्द्र खड्का/ बझाङ ,२६ मंसिर

दलित सहयोग समाजद्वारा सञ्चालित समान व्यवहार परियोजना लागू भएपछि बुँगल नगरपालिका–९ सैनाेडीको सामाजिक परिवेशमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। छाउपडी, बालविवाह, तथा घरेलु हिंसा जस्ता दीर्घकालीन सामाजिक समस्यालाई न्यूनीकरण गर्दै समुदायलाई सचेत र सक्रिय बनाउने उद्देश्यले परियोजना सञ्चालनमा आएको हो।

लालिगुराँस महिला समूहकी अध्यक्ष लिला जाग्रीका अनुसार परियोजना सुरु हुनुअघि गाउँमा छुवाछुत, छाउपडी, विभेद र विभिन्न सामाजिक कुसंस्कृतिहरू गहिरोसँग जरा गाडेर बसेका थिए। “पहिले हाम्रो समाजमा छुवाछुत धेरै मानिन्थ्यो। महिनावारी हुँदा ६ दिनसम्म गोठमै बस्नुपर्थ्यो, आफैंले खाना पकाउन नपाउने अवस्था थियो,” अध्यक्ष जाग्री सम्झिन्छिन्।

तर समान व्यवहार परियोजना लागू भएपछि मात्र केही वर्षकै अवधिमा समाजमा धेरै सुधार आएको उनी बताउँछिन्। “अहिले भने महिनावारी हुँदा हामीले अरु दिनझैँ आफ्नै कोठामा बस्न पाउँछौँ, आफैले खाना पकाएर खान्छौँ। समाजका मान्यताहरू परिवर्तन हुँदै गएका छन्,” उनी भन्छिन्।

लैंगिक हिंसा तथा बालविवाह विरुद्ध जागरण

समुदायमा रहेका महिलाहरूले लिंग आधारित हिंसा, घरेलु यातना र बालविवाहविरुद्ध खुलेर बोल्ने वातावरण बनेको छ। समूह गठनपछि महिलाहरू नियमित बैठक, अभिमुखीकरण तथा तालिममा सहभागी भइरहेको र परियोजनाका गतिविधिबाट सजगता बढेको अध्यक्ष जाग्रीले बताइन्।

“पहिले त आफ्नो नाम परिचय दिन पनि लजाउँथ्यौँ। समूहमा बसेपछि बोल्ने क्षमता, आत्मविश्वास र समाजसँग संवाद गर्ने बानी विकास भएको छ। अब त हामी निर्धक्क भएर आफ्ना कुरा राख्न सक्छौँ,” उनी थप्छिन्। स्थानीय महिलाको नेतृत्व विकास हुँदै जाँदा पुरुष सदस्यहरूमा पनि सकारात्मक सोच बढेको स्थानीयहरूले बताउँछन्। छाउपडी प्रथा छुटाउने अभियान, लैंगिक समानतामूलक परिवार निर्माण, बालविवाह रोकथाम, तथा हिंसा विरुद्ध सामुदायिक निगरानी समिति गठनजस्ता कार्यले गाउँको सामाजिक संरचनामा सुधार ल्याएको छ।

यसबाहेक विद्यालय र टोलस्तरमा गरिएको सचेतनामूलक कार्यक्रम, नाटक, छलफल, घरदैलो भेटघाट, तथा पुरुष सहभागिता कार्यक्रमहरूले परिवर्तनलाई बलियो बनाएको छ।

परियोजनाको प्रभाव समुदायमै देखिन थाल्यो

परियोजनाले ल्याएको रूपान्तरण केवल गतिविधिमा मात्र सीमित नभई समुदायको दैनिक व्यवहारमै स्पष्ट देखिन थालेको छ। महिलाहरू आर्थिक क्रियाकलापमा सहभागी भइरहेका छन्। आत्मविश्वास बढेकाले उनीहरू निर्णय प्रक्रियामा समेत आवाज उठाउन थालेका छन्।

बुँगल गाविसका महिला अधिकारकर्मीहरूका अनुसार सैनाेडी जस्तै अन्य वडाहरूमा पनि यो परियोजनाको प्रभाव निरन्तर देखिन थालेको छ।

दलित सहयोग समाजद्वारा सञ्चालित समान व्यवहार परियोजना ले बुँगल नगरपालिका–९ सैनाेडीको सामाजिक जीवनमा पुराना कुसंस्कार हटाएर सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। छाउपडी, छुवाछुत, बालविवाह तथा घरेलु हिंसा विरुद्धको संयुक्त प्रयासले समुदायलाई न्यायपूर्ण, समानतामूलक र आत्मविश्वासी समाजतर्फ अघि बढाइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot