सुनवल दुर्घटना : फरार टिप्पर चालक पक्राउ, एक जनाको मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ मंसिर

पूर्व–पश्चिम राजमार्गको सुनवल खण्डमा आज बिहान भएको गम्भीर सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। दुर्घटना गराई फरार रहेको टिप्पर र चालकलाई प्रहरीले केही घण्टामै पक्राउ गर्न सफल भएको छ।

आज बिहान ६:४० बजे सुनवल नगरपालिका–४ कृष्ण मन्दिर अगाडिबाट सुनवलतर्फ जाँदै गरेको लु ३१ प ७५३१ नम्बरको मोटरसाइकललाई पछाडिबाट अज्ञात सवारीले ठक्कर दिएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको नेतृत्वमा प्रहरी टोली खटिएर दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल परासी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा वारदात स्थलमा फेला परेको प्रमाण र CCTV फुटेजका आधारमा दुर्घटनामा संलग्न लु २ ख ३५४२ नम्बरको टिप्पर सुनवल–१ स्थित बी एण्ड बी ग्यारेजमा लुकेको अवस्थामा फेला परेको हो। सोही टिप्परका चालक ध्रुव सुनार (वर्ष २५), सुनवल–१ लाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकमाथि थप अनुसन्धान अघि बढाइएको छ।

स्थायी ठेगाना पर्सा छपहरा–४ हाल सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा कार्यरत २१ वर्षिय रमानन्द महरा चमारकाे हातखुट्टामा चोट लागेकाे छ भने अवस्था सामान्य रहेको छ ।

त्यस्तै सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीका मजदुर १८ वर्षिय दुर्योधन यादवकाे हात, खुट्टा तथा टाउकोमा गम्भीर चोटलागेको छ । यादवको ०७:२५ बजे उपचारका क्रममा मृत्यु भएको हाे । मृतक यादवकाे शव अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनाको प्रकृति, चालकको लापरबाही र सम्भावित कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot