राष्ट्रिय दैनिक / नवलपरासी ,२५ मंसिर आगामी २०८२ फागुन २१ गतेकाे प्रतिनिधि सभा निर्वाचन र २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन लक्षित गर्दै नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्र नं. २ नवलपरासी (ब.सु.प.) ले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू सर्वसम्मतरूपमा सिफारिस गरेको छ। केन्द्रिय कार्यसमितिको मंसिर १५ र १७ गतेको परिपत्रअनुसार मंसिर २४ गते बसेको बृहत क्षेत्रीय कार्यसमिति बैठकले व्यापक छलफलपछि चार पदका लागि पाँच जना उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभा : प्रत्यक्षतर्फ केन्द्रिय सदस्य कण्डेल सर्वसम्मत प्रतिनिधि सभा प्रत्यक्ष तर्फ क्षेत्रीय बैठकले केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेललाई एकमात्र उम्मेदवारको रूपमा सिफारिस गर्दै केन्द्रमा पठाएको छ। कण्डेलको लामो राजनीतिक अनुभव, संगठनप्रतिको योगदान र क्षेत्रमा रहेको जनसमर्थनलाई उच्च मूल्यांकन गर्दै सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ। समानुपातिक : पुरुषतर्फ यादव, महिलातर्फ सुवेदी श्रेष्ठ समानुपातिक तर्फ पुरुष कोटामा जिल्ला उपसभापति विक्रम प्रसाद यादवको नाम अगाडि आएको छ। यस्तै महिला कोटामा महासमिति सदस्य सुनिता कुमारी सुवेदी श्रेष्ठलाई सिफारिस गरिएको छ। दुवै नेता संगठन सुदृढीकरण, व्यक्तिगत भुमिका र क्षेत्रीय लोकप्रियतामा सक्रिय मानिएका छन्। राष्ट्रिय सभा : जिल्ला सभापति पोखरेल र नेतृ चौधरीको सिफारिस राष्ट्रिय सभा सदस्यका लागि पुरुषतर्फ जिल्ला सभापति अर्जुन कुमार पोखरेल तथा महिलातर्फ महिला नेतृ चन्दा चौधरीको नाम सिफारिस गरिएको छ। प्रदेश तथा केन्द्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने क्षमता, संगठनात्मक अनुभव र सार्वजनिक छविलाई आधार मानिएको बताइएको छ। पत्र केन्द्रमा पठाइयो, प्रदेश र जिल्लालाई बोधार्थ सिफारिस पत्र सभापति माधवप्रसाद पाण्डेले केन्द्रिय कार्यालय सानेपामा पठाएका छन। साथै यसको प्रतिलिपि लुम्बिनी प्रदेश कार्यसमिति र जिल्ला कार्यसमिति नवलपरासी (ब.सु.प.)लाई पनि बोधार्थ पठाइएको छ। नेपाली कांग्रेस क्षेत्र नं. २ मा एकमत, शान्त र सुव्यवस्थित वातावरणमा उम्मेदवार छनोट भएको छ। सर्वसम्मत सिफारिसले पार्टी संगठनभित्र एकता, विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको टिप्पणी गरिँदैछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।