रामग्राम–१७ मा निःशुल्क आँखा शिविर सफल, २८५ जनाको परीक्षण, १६५ जनाको शल्यक्रिया हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ मंसिर

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७, देवगावँस्थित श्री जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविर उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल नेत्र ज्योति संघ, डा. विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोग, डाक फाउण्डेशन काठमाण्डौको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा देवगाव, रामग्राम–१७ वडा कार्यालय र देवगाव आयआर्जन समूह तथा सहकारी संस्था लिमिटेडको स्थानीय आयोजनामा शिविर सञ्चालन गरिएको हो।


कार्यक्रम रेडक्रस देवगाव उपशाखा सभापति रामउग्र यादवको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाका अध्यक्ष देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाका अध्यक्ष देवेन्द्र राज कण्डेलले आँखा शिविर जस्तो कार्यक्रमले ग्रामीण भेगका विपन्न, अशक्त तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष राहत मिल्ने बताउँदै यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो।

निःशुल्क आँखा शिविरलाई सम्बोधन गर्दै नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाका अध्यक्ष देवेन्द्र राज कण्डेलले भन्नुभयो, “आँखा केवल हेर्ने साधन मात्रै होइन, यो मानिसको सपना, भविष्य र आत्मनिर्भर जीवनसँग जोडिएको अमूल्य सम्पत्ति हो। गरिबी, अशिक्षा र पहुँचको अभावका कारण धेरै नागरिक अन्धकारमै जीवन बिताउन बाध्य छन्। यदि समयमै उपचार पाए, उनीहरूको जीवन फेरिन सक्छ, परिवारको भविष्य बदलिन सक्छ र समाज नै उज्यालो बन्न सक्छ। यही विश्वासका साथ हामी गाउँ–गाउँमा निःशुल्क आँखा शिविर लिएर पुगेका हौँ।”

उहाँले थप्नुभयो “स्वास्थ्य सेवा राज्यको मात्र दायित्व होइन, यो हामी सबैको साझा जिम्मेवारी हो। स्थानीय सरकार, सामाजिक संघ–संस्था र जनसमुदायको सहकार्य बिना दीर्घकालीन स्वास्थ्य सेवा सम्भव हुँदैन। आज यहाँ देखिएको जनताको उत्साह र विश्वासले हामीलाई अझ ठूलो स्तरमा सेवा विस्तार गर्ने हिम्मत दिएको छ।”

शिविरमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अली मोमिन, रेडक्रस नवलपरासी सभापति राजेन्द्र प्रसाद अग्रहरी, रामग्राम नगरपालिका–१७ का वडा अध्यक्ष कन्हई कोईरी, नेत्र रोग विशेषज्ञ डा. महेश शाह र अस्पताल व्यवस्थापक अजय पाण्डेय लगायतको विशेष उपस्थिति रहेको थियो।

डा. विनोद निता कण्डेल आँखा अस्पताल परासीकी (OAS) राधिका यादवको नेतृत्वमा खटिएको प्राविधिक टोलीले २८५ जनाको निःशुल्क आँखा परीक्षण गरेको थियो। परीक्षणका क्रममा १६५ जनामा मोतियाबिन्दुको समस्या पुष्टि भएपछि उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि आँखा अस्पताल परासी लगिएको आयोजकले जानकारी दिएको छ।

शिविरमा मोतियाबिन्दुका साथै दृष्टि कमजोरी, एलर्जी, आँखा सुख्खापन, सामान्य आँखा समस्या लगायतका बिरामीलाई परीक्षण तथा परामर्श सेवा पनि प्रदान गरिएको थियो।

स्थानीयस्तरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि सेवाग्राहीले खुशी व्यक्त गर्दै यस प्रकारका कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot