राष्ट्रिय दैनिक/ नवलपरासी ,२४ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ देखि ७ नम्बर वडासम्म आजभोलि एकै नाम निरन्तर चर्चामा छ— बिरेन्द्र यादव। राजनीतिक वृत्तदेखि चोक–चौराहासम्म उनको चर्चा केवल सम्भावनाको होइन, सामाजिक सेवाको जीवित उदाहरणका रूपमा भइरहेको छ। सामान्य परिवारमा जन्मिएर जीवनका कठिन संघर्षहरू भोगेका यादव अहिले पनि आफ्ना विगतका पीडालाई कहिल्यै बिर्सिँदैनन्। त्यही पीडाले उनलाई पालिका भित्रका असहाय, विपन्न, बिरामी र दुःखी नागरिकको दुखमा साथ दिने प्रेरणा दिएको छ। बेलाबेलामा व्यक्तिगत पहलमा औषधोपचार, खाद्यान्न, शैक्षिक सामग्री र आवश्यक आर्थिक सहयोग गर्दै आएका यादव अहिले गरिब–दुखीको आशा र भरोसाको पात्र बन्दै गएका छन्। हाल निर्दलीय रूपमा सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय यादव कुनै दलको झण्डामुनि नभए पनि जनताको मन जित्न भने सफल भएका छन्। छोटो समयमै मिलनसार स्वभाव, इमानदारिता र निस्वार्थ सेवाकै कारण उनी जनस्तरमा लोकप्रिय बन्न पुगेका हुन्। व्यवसायिक क्षेत्रमा पनि सक्रिय यादव सरावल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत हुन्। व्यापारिक नेतृत्वसँगै सामाजिक उत्तरदायित्वलाई सन्तुलनमा राख्दै अघि बढिरहेका यादवलाई धेरैले भावी नेतृत्वका रूपमा पनि हेर्न थालेका छन्। आज सरावलमा बिरेन्द्र यादव केवल एउटा नाम मात्र होइन, सहयोग, संवेदना र सम्भावनाको प्रतीक बन्दै गएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।