सरावल–६, गडौरीस्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २६ गते शुक्रबारबाट हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६, गडौरीस्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ

सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता मंसिर २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।

विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष जन्मेजय यादवका अनुसार खेलकुदमार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सरावल गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड लगायतका विभिन्न खेल विधा समावेश गरिने जनाइएको छ। प्रतियोगितालाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउने तयारी अन्तिम चरणमा पुगेको प्रधानाध्यापक श्रवण कुमार सहानीले बताउनु भएको छ।

स्थानीय अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा खेलप्रेमीलाई खेलकुदको प्रवर्द्धनमा साथ दिन उद्घाटन तथा समापन कार्यक्रममा उपस्थित हुन विद्यालय प्रशासनले आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot