आरपि उपाध्याय / नवलपरासी ,२२ मंसिर नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था केन्द्रीय कार्यालय मध्यविन्दु १० अरुणखोलाको २८ औं वार्षिक साधारणसभा बर्दघाट १२ को चौपत्तामा सोमबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मोहन सिंह बाकाबलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभाको प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले अन्य वित्तीय संस्थाले आफ्नो सेयर सदस्यलाई नाफा,नोक्सान नदेखाउने तथा सेयर सदस्यहरूलाई सम्मान पनि नगर्ने अवस्थामा नव प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले नाफा, नोक्सान सार्वजनिक गर्नुको साथै कार्य प्रगति देखाइ ज्येष्ठ नागरिक सम्मान सहित सेवा केन्द्रको मुल्यांकन गरि आफ्नो संस्थाप्रति बढी जिम्मेवारी देखाउनुलाई संस्थाको उच्च मुल्यांकन गरेको बताउनु भयो। अध्यक्ष उपाध्यायले सहकारी संस्था नै सहमति,सहकार्य,एकता र मेलमिलापको जगमा जोडिएको हुँदा वर्तमान समयमा यस्ता संस्थाप्रति मानिसहरुको आकर्षण बढेको पनि जिकिर गर्नुभयो। सो अवसरमा सुस्ता १ का वडा अध्यक्ष अशोक चौधरीले २८ वर्ष पुर्व देखि नै ग्रामीण भेगमा आफ्नो क्रियाकलाप देखाउदै आएको नव प्रतिभा संस्थाले लगानी गरेर विपन्न परिवारलाई अगाडि बढ्ने बाटो खुलेको पनि चर्चा गर्नुभयो। साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम प्रसाद काफ्लेले संस्थाले सेवा दिदा दिदै पनि कर्मचारीहरुले सदस्यको भावना नबुझेर काम गर्दा सदस्यहरुमा कहिलेकाही खिन्नता बढे पनि सहकारीको भावना र उद्देश्य अनुसार काम गर्दा सदस्यप्रती सम्मान र स्वाभिमानको रक्षा हुने चर्चा गर्नुभयो। काफ्लेले सहकारी संस्थामा आबद्ध सदस्यहरुमा इमानदारीता र नैतिकवान बनेर अगाडि बढिएमा गन्तव्यमा पुग्न सकिने विचार व्यक्त गर्नुभयो। उहाँले जुन शिर्षकमा लगानी गरेको हो,त्यहीँ शीर्षकभित्र रहि आर्थिक क्रियाकलाप गरिएमा निश्चित रुपमा आर्थिक प्रगति हुने कुरा पनि प्रष्ट्याउनु भयो। साधारणसभामा संस्थाका सहसचिव होमनाथ पोख्रेलले २०८१/०८२ र २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा सञ्चालक सदस्य लेखनाथ भट्टराईले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाकी सञ्चालक सदस्य दुर्गालक्ष्मी पाठकले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको जानकारीमा आएको छ । नव प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको बर्दघाट,सेमरी,त्रिवेणी सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको उपस्थिति रहेको साधारणसभामा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बिजय प्रसाद पाठकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको आयोजकले बतएको छ। कार्यक्रममा उत्कृष्ट उद्यमी बर्दघाट सेवा केन्द्र गङ्गाबस्तीकी बिमला थारुले आफ्नो अनुभव सुनाउनु भएको थियो। साधारणसभामा ज्येष्ठ नागरिक सम्मान तथा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो भने उत्कृष्ट सेवा केन्द्रलाई कार्य मुल्यांकनको आधारमा सम्मान गरिएको जनाइएको छ। साधारणसभामा ३ अर्ब ५० करोड ६५ लाख ३७ हजारको कुल बजेट प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ। “मर्यादित सहकारी समुन्नत समाज” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारणसभामा ठूलो सङ्ख्यामा साधारण सदस्यहरुको उपस्थिति रहेकोे कार्यक्रम सञ्चालक बिमला पाठकले जानकारी दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।