कपिलवस्तु, मंसिर २२ जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाको सिद्धार्थ रिसोर्ट चन्द्रौटामा शनिवार भएको पार्टी पुनर्गठन कार्यक्रम द्उवारा उनी चयन भएका थिए । अकरम पठानको नेतृत्वमा ४९ सदस्यीय लुम्बिनी प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् । मुख्य सचिवमा विवेक चन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद कादरीले जिम्मेवारी पाएको जसपाले जनाएको छ । यसैबिच केन्द्रीय अध्यक्ष अशोक कुमार राईले आगामी चुनावमा सुशासनलाई मुख्य एजेन्डा बनाइने बताए । जेनजीको भावना समेटिएको आधुनिक, समावेशी र परिवर्तनमुखी घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको उनले बताए । उनले जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकीकृत रूपमा ‘जातो’ चुनाव चिन्ह लिएर जाने निर्णयलाई संस्थागत गरिएको अध्यक्ष राईले बताए । नवनिर्वाचित अध्यक्ष अकरम पठानले युवा पुस्ताले चाहना गरेको सुशासन, पारदर्शिता र जबाफदेहिताको मूल्य बोधलाई आधार बनाएर सङ्गठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाइने प्रतिबद्धता समेत जनाए । सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादमार्फत पार्टीलाई थप सशक्त बनाएर अगाडि बढ्ने बताए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।