विजयनगरमा बृहत रक्तदान, १४० जना रक्तदाताबाट संकलन भयो जीवनदायी रगत

कपिलवस्तु ,२२ मंसिर

कपिलवस्तुको विजयनगर गाउँपालिका–६ बद्धाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत १४० जनाले उत्साहपूर्वक रक्तदान गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, विजयनगर गाउँपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। यस वर्ष पनि राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले दोस्रो बृहत रक्तदान कार्यक्रममार्फत उल्लेखनीय मात्रामा रगत संकलन गर्न सफल भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले संकलित रगतले क्षेत्रमा देखिएको रक्त अभाव पूर्ति गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउँदै रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले युवाहरू समाजसेवामा सक्रिय हुनुपर्ने सन्देशसहित आम नागरिकमा सेवाभावको जागरूकता देखिएको बताउँदै सबै रक्तदातालाई आभार व्यक्त गर्नुभयो।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका अध्यक्ष तिलक गिरीले रक्तदान कार्यक्रमले मानवताको भावना जागृत गर्नुका साथै समुदायमा आपसी सहयोग र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ७ का अध्यक्ष दिनेश कुमार चौधरी, वडा नं. ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमान, समाजसेवी नेत्रराज अधिकारी, थर्क बहादुर खन्गाहा, गोकर्ण प्रसाद सापकोटा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot