पण्डितपुर उत्खननमा ऐतिहासिक संरचना फेला, पूर्वमन्त्री कण्डेलद्वारा स्थल अवलोकन

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ मंसिर

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरस्थित भगवान गौतम बुद्धको मावली रहेको मानिने एतिहासिक भू–भागमा भइरहेको उत्खनन क्रममा जमिनमुनि महत्वपूर्ण ऐतिहासिक संरचना भेटिएको छ। संरचना भेटिएसँगै आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री देवेन्द्र राज कण्डेलले उक्त पवित्र स्थलको अवलोकन गरेका छन्।

उत्खननस्थलको निरीक्षण गर्दै नेता कण्डेलले पण्डितपुर क्षेत्रलाई बुद्धकालीन सांस्कृतिक सम्पदाको महत्वपूर्ण केन्द्रका रूपमा संरक्षण र प्रवर्द्धन गर्न आवश्यक कदम तत्काल चालिनुपर्नेमा जोड दिएका छन। उनले उत्खननबाट प्राप्त प्रमाणहरूले यस क्षेत्रको ऐतिहासिक महत्व अझ प्रस्ट हुँदै गएको उल्लेख गर्दै “पण्डितपुर विश्व पर्यटन र अनुसन्धानको प्रमुख गन्तव्य बन्नसक्ने क्षमता भएको स्थान हो” भन्ने टिप्पणी गरे।

स्थानीयवासी र सरोकारवाला निकायहरूको उपस्थिति रहेको अवलोकन तथा छलफल कार्यक्रममा उत्खनन टोलीले भेटिएका संरचनाहरू प्राचीन कालका अवशेष हुनसक्ने प्रारम्भिक आकलन प्रस्तुत गरेको थियो।

पण्डितपुरमा भेटिएका यी अवशेषले बुद्धसँग सम्बन्धित पुरातात्विक तथ्यकाे रुपमा महत्वपूर्ण भूमिका खेल्ने आशा स्थानियवासीले व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot