राष्ट्रिय दैनिक / नवलपरासी ,२१ मंसिर पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठी सुर्यपुरामा अवस्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै वडा नं. ७ का वडा अध्यक्ष हरेन्द्र यादवले स्थानीय महिलाहरू घर–परिवारको जिम्मेवारीसँगै आर्थिक गतिविधिमा सक्रिय रूपमा जुटिरहेको बताउँदै सहकारीमार्फत उनीहरूको नेतृत्व क्षमता थप सशक्त बन्दै गएको उल्लेख गरे। उनका अनुसार महिलाहरू अहिले सहकारीमा आवद्ध भई नियमित बचत संकलन, घर–व्यवहार व्यवस्थापनदेखि विभिन्न रचनात्मक र आयमूलक कार्यमा अग्रसर भएका छन्। “घरभित्र सीमित रहने महिलाहरू आज घर परिवर्तनदेखि आर्थिक निर्णयसम्मका महत्वपूर्ण भूमिकामा देखिनु सकारात्मक रूपान्तरण हो,” यादवले भने। यसैबीच अध्यक्ष यादवले किसानसम्बन्धी ढिलाइ र बेवास्ता भइरहेकमा चिन्ता व्यक्त गर्दै उखु किसानको बक्यौता रकम आजसम्म नभुक्तान हुनु राज्यको कमजोरी भएको बताए। उखु बिक्रीको नयाँ मौसम सुरु भइसकेको तर पुरानो बक्यौता नपाउँदा किसान असहज अवस्थामा रहेको उल्लेख गर्दै उनले सरकारले तत्काल समस्या समाधानमा ध्यान दिन आवश्यक रहेको बताए। “बक्यौता रकम समयमा बुझाइएको भए किसानले छोराछोरीको पढाइ, कृषि कार्य र घर–परिवारका अन्य खर्च सहजै व्यवस्थापन गर्न सक्थे। तर सरकार यस विषयमा मौन बस्नु दुर्भाग्यपूर्ण छ,” अध्यक्ष यादवले भने। सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण, आगामी वर्षको योजना तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। सहकारीले स्थानीय तहमा महिला सशक्तिकरण, वित्तीय अनुशासन र आर्थिक सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।