राष्ट्रिय दैनिक / नवलपरासी ,२१ मंसिर पश्चिम नवलपरासीको रामग्राम–७ स्थित उजैनीमा पुन:निर्माण गरिएको रामजानकी मन्दिरको शिलालेख तोडफोड भएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएको केही दिनमै शिलालेख भत्किएको अवस्थामा भेटिएपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन्। स्थानीयरूका अनुसार शनिबार बिहान पूजा–आराधनाका क्रममा भक्तजनहरू मन्दिर पुगेपछि शिलालेख टुक्रिएको देखिएको थियो। घटना कसले र किन गर्यो भन्नेबारे अहिलेसम्म कुनै सुराकी नखुलेको स्थानीयले बताएका छन्। मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरूले यो घटना धार्मिक स्थलप्रति लक्षित उत्तेजक गतिविधि हुन सक्ने आशंका व्यक्त गरेका छन्। समितिले घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। यसैबीच स्थानीय प्रहरी चौकीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रारम्भिक चरणमा आसपासका CCTV फुटेज र स्थानीय सूचनाका आधारमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। मन्दिर पुनःनिर्माणको कार्य केही दिनअघि मात्रै सम्पन्न भएको थियो। नयाँ संरचनासँगै धार्मिक पर्यटन प्रवर्द्धनका लागि शिलालेख स्थापना गरिएको थियो। अत्यन्तै छोटो समयमा नै शिलालेख क्षतिग्रस्त भएपछि स्थानीय समुदायमा असन्तोष छाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।