श्री सुस्ता कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारणसभा सम्पन्न

आरपी उपध्याय / नवलपरासी २० मंसिर

पश्चिम नवलपरासी अन्तर्गत सुस्ता गा.पा. मा रहेको श्री सुस्ता कृषि सहकारी संस्था लिमिटेड सुस्ता २ गुदरियाको पाचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भिमलाल मुखियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाका प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले ग्रामीण भेगमा रहेको वित्तीय संस्थाका सेयर सदस्यहरुले वित्तीय अनुशासनको परिधिभित्र रहेर आर्थिक कारोबार गर्नुपर्ने बताउदै जुन प्रयोजनको लागि आर्थिक कारोबार गरिएको हो,सोही प्रयोजनमा कारोबार गरिएमा प्रशस्त आर्थिक लाभ हुने धारणा राख्नुभयो।
साधारणसभामा सुस्ता गाउँपालिका वडा न.२ का वडा अध्यक्ष कृष्णलाल मुखियाले संस्थाको स्थापना कालदेखि नै बिउ,बिजनका साथै कृषि औजारलाई महत्व दिदै आएकोमा हालको समयमा किसान र सेयर सदस्यले संस्थाबाट अत्यधिक लाभ लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष पम्फादेवी अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको आयोजकले बताएको छ।
साधारणसभामा संस्थाका अध्यक्ष भिम मुखियाले अध्यक्षको प्रतिवेदन,संस्थाका सचिव शालिकराम पाठकले सचिवको प्रतिवेदन र कोषाध्यक्ष गोपाल प्रसाद भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको संस्थाको व्यवस्थापक कमला भट्टराईले जानकारी दिनुभयो।
संस्थामा पुरुष ११४ र महिला १२६ गरि कुल २४० सेयर सदस्य रहेको संस्थाले बताएको छ।
साधारणसभामा ९२ लाख ११ हजार १ सय ६ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको थियो। २०७७ सालमा स्थापना भएको श्री सुस्ता कृषि सहकारी संस्थामा हाल विपन्न र मध्यम वर्गीय कृषकहरूको आबद्धता रहेको समेत जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot