सरावल–४ ललितपुरस्थित रजा कब्रिस्तानमा बाउन्ड्री निर्माणको शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी ,२० मंसिर

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका–४ ललितपुरस्थित रजा कब्रिस्तान संरक्षण संस्थामा लुम्बिनी प्रदेशबाट बिनियोजित बजेटमार्फत बाउन्ड्री निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ।

बाउन्ड्री शिलान्यास निवास अलि शेखको अध्यक्षता तथा लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

शिलान्यास समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले प्रदेश सरकार बिभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण–सम्बर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै समुन्नत पूर्वाधारले समुदायबीच आपसी सौहार्द र विश्वास बलियो बनाउने उल्लेख गर्नुभयो।

त्यस्तै विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले स्थानीयस्तरका आवश्यक आयोजनालाई अग्रता दिँदै प्रदेश सरकार महत्वपूर्ण संरचनामाथि ध्यान केन्द्रित गरिरहेको बताउनुभयो।

कार्यक्रममा ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसेन, नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य करम हुसेन अन्सारी , पूर्व वडा अध्यक्ष छाेटेलाल यादव, समाजसेवी बदरुल्ह खाँ, समाजसेवी बिरेन्द्र यादव तथा जन्मेजय यादव लगायतको सक्रिय उपस्थिति रहेको थियो।

समुदायका लागि आवश्यक रहेको कब्रिस्तान बाउन्ड्री निर्माणपछि साे स्थल थप सुरक्षित र व्यवस्थित हुने स्थानीयवासीले विश्वास व्यक्त गरेका छन्।

रजा कब्रिस्तानमा १० लाख रुपैयाँ लागतमा बाउन्ड्री निर्माण हुने पूर्व वडा अध्यक्ष छाेटेलाल यादवले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot