आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा

चितवन ,१९ मंसिर –
अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिष्कारको पक्षमा उभिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८२ मंसीर १६–१७ गतेसम्म महासचिव सीपी गजुरेल’गौरव‘को अध्यक्षतामा चितवनमा सम्पन्न चौथो केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो पार्टीको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो भन्दै आगामी फागुन २१ गते गरिने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले लिने कार्यनीतिले रणनीतिलाई अगाडि बढाउन मद्दत गर्नु पर्ने बताएको छ । पार्टीले देशभक्त ,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबीच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधिन संयुक्त सरकारको पक्षमा संघर्षलाई अगाडि बढाउने कुरामा जोड दिएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, देशमा सत्ता गठबन्धन र प्रतिपक्ष– दुबै असफल भई जनताको आधारभूत समस्याप्रति उदासीन बनेको, भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, सीमा समस्या र राष्ट्रिय सार्वभौमिकताप्रति गम्भीर चुनौतिहरू बढ्दो अवस्थामा रहेको पार्टीको निष्कर्ष छ । यस्तो परिस्थितिमा चलिरहेको चुनावी प्रक्रिया “जनताका समस्याबाट ध्यान हटाउने सत्ता– दलहरूको खेल मात्र” भएको पार्टीको आरोप छ ।
पार्टीले संविधान, संसद र सम्पूर्ण राज्य संयन्त्रले सामाजिक न्याय, समनता र वैज्ञानिक समाजवादतर्फको मार्ग अवरुद्ध गरेको भन्दै चुनावलाई “निष्ठुर व्यवस्थाको पुनःवैधता दिने औजार” को रुपमा चित्रण गरेको छ ।
गौरवव्दारा हस्ताक्षेरित सो विज्ञप्तिमा भनिएको छ, “चुनावले जनताका वास्तविक समस्याको समाधान गर्दैन, यसले केवल असफल नेतृत्वलाई पुनःजीवन दिन्छ । हामी नयाँ जनवादी क्रान्तिको दिशामा वैज्ञानिक समाजवादी कार्यक्रमसहित अघि बढ्छौ ।”
पार्टीले जनसत्तात्मक, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी र वामपन्थी शक्तिहरूबीच राष्ट्रिय राजनीतिक समन्वय गरी व्यापक मोर्चा निर्माण गर्ने, जनआन्दोलित कार्यक्रम अघि बढाउने र जनसहभागितामा आधारित संघर्षलाई तीव्र पार्ने बताएको ।
महासचिव गौरवले अन्त्यमा भन्नु भएको छ – “चुनावको नाममा जनतामाथि पुनःप्रहार हुन नदिन हामी बहिष्कारको नीति र क्रान्तिकारी यात्रालाई अझ सशक्त रूपमा अघि बढाउँछौँ ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot