नेपालमा अब २ सय र ५ सय दरका भारतीय नोट चलनचल्तीमा आउने मार्ग खुलेको छ

काठमाडौँ,१८ मंसिर

अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीमा आउने मार्ग खुलेको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (RBI) ले नेपालमा उच्च दरका नोटलाई पनि सटही गर्न अनुमति दिएको हो।

हाल नेपालमा केवल सय दरका भारु मात्र चलनचल्तीमा छन्। भारतले अनुमति दिएसँगै १०० का साथमा २०० र ५०० दरका नोट पनि नेपालमा चलाउन सकिने भएको छ।

तर, यो व्यवस्था तत्काल लागू नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले परिपत्र (निर्देशन) जारी गरेपछि मात्रै सर्वसाधारणले ठूला दरका भारु चलनचल्तीमा ल्याउन पाउनेछन्। अहिलेकाे अवरोध पनि यही निर्देशनका कारण हो।

भारतमा १००, २००, ५०० र २ हजार दरका नोट चलनमा छन् तर भारतले सन् २०२३ देखि २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ। यो कारणले आरबीआईले नेपालका लागि २०० र ५०० दरका नोट सटही गर्न विशेष अनुमति दिएको हो।

पुराना ५०० र १००० का नोट अझै नेपालमै अलपत्र

स्मरणीय छ—सन् २०१६ मा भारतले ५०० र १००० दरका नोट बन्द गरेपछि नेपालमा रहेका ती नोट अझै साटिएका छैनन्। यही कारण राष्ट्र बैंकले एक सयभन्दा माथिका नोट सटही नगर्ने निर्देशन जारी गरेको थियो।

भारु २५ हजारसम्म अब ल्याउन–लैजान सकिने

नयाँ व्यवस्थाअनुसार भारतले भारु २५ हजारसम्म नेपाल र भुटान ल्याउन तथा लैजान अनुमति दिएको छ।
पहिले भारतबाट नेपाल ल्याउन मात्र अनुमति थियो, लैजान पाउने व्यवस्था नभएको स्पष्ट गरिएको छ।

पर्यटक र यात्रु दुवैलाई सुविधा

यो निर्णयले नेपाल–भारत दुवै देशका नागरिकलाई सुविधाजनक हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताएका छन्।
विशेषगरी नेपाल आउने भारतीय पर्यटक र भारत जान चाहने नेपालीका लागि यो व्यवस्था राहतको रूपमा रहने उनको भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot