सिंगापुर ,मंसिर १६ सिंगापुर सरकारले सन् २०२६ जनवरीदेखि देशभरका माध्यमिक विद्यालयमा विद्यार्थीहरूले विद्यालय समयभर स्मार्टफोन तथा स्मार्टवाच प्रयोग गर्न नपाउने निर्णय गरेको छ। यसअघि विद्यार्थीहरूले केवल कक्षाको समयमा मात्र मोबाइल प्रयोग गर्न नपाउने नियम लागू थियो। शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचना अनुसार नयाँ नीतिको उद्देश्य विद्यार्थीहरूमा स्वस्थ स्क्रिन बानी विकास गराउनु र अत्यधिक उपकरण प्रयोगले हुने नकारात्मक प्रभावलाई न्यून गर्नु हो। मन्त्रालयले छात्र–छात्राबीच बढ्दो स्क्रिन निर्भरता उनीहरूको सु–स्वास्थ्य, ध्यान केन्द्रित गर्ने क्षमता, सामाजिक जीवन र पारिवारिक समयमा असर पारेको बताएको छ। नयाँ नियमअनुसार विद्यार्थीहरूले आफ्नो स्मार्टफोन तथा स्मार्टवाच विद्यालयले तोकेको सुरक्षित स्थान वा आफ्नै स्कुल ब्यागमा राख्नुपर्नेछ। तर आपतकालिन वा विशेष आवश्यकता परेमा विद्यालयले छुट दिन सक्ने व्यवस्था रहनेछ। अभिभावक तथा शिक्षकहरूले सरकारको यस कदमलाई सकारात्मक रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार यस निर्णयले विद्यार्थीहरूलाई बढी शारीरिक गतिविधिमा सहभागी गराउने, साथी–संगीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने वातावरण बढाउने तथा पढाइमा केन्द्रित हुने अवसर उपलब्ध गराउनेछ। सरकारले यो नीति लागू गर्न विद्यालयहरूसँग आवश्यक व्यवस्थाका लागि समन्वय सुरु गरिसकेको जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।