नवलपुरमा १८औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, ८४६ विद्यार्थीको सहभागिता

आरपि उपाध्याय / नवलपुर ,१५ मंसिर

जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा १८ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता एक कार्यक्रमका बिच विनयी त्रिवेणी ६ मा आइतबारदेखि प्रारम्भ भएको छ।
नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिवेणीको खेल मैदानमा प्रतियोगिता एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुनको अध्यक्षता तथा गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव शर्माले संघीय विभाजनबाट त्रिवेणी क्षेत्रका वडा न.६ र ७ लाई नवलपुर जिल्लामा समावेश भएको पीडाले त्रिवेणी बासीलाई हदैसम्मको कठिनाइ बढेको बताउदै त्रिवेणी क्षेत्रको दुइटा वडा बासीको माग सम्बोधन गर्न त्रिवेणी दुम्किबास सडक तत्काल निर्माण गर्न प्रदेश र संघीय सरकारले पहल गर्नुपर्ने बताउनु भयो।
उहाँले संघीय सरकारले सडक निर्माण कार्यमा कुनै प्रकारको बहाना बाजि नगरी निर्माण कार्य प्रारम्भको प्रक्रिया तत्काल सुरु गरि नागरिक प्रति सरकार जवाफदेही हुनुपर्ने जिकिर पनि गर्नुभयो।
प्रमुख अतिथि शर्माले राज्यबाट त्रिवेणी दुम्किबास सडक निर्माण गर्न आनाकानी गरे खेलाडीहरुकै सक्रियतामा हजारौंको सङ्ख्यामा साइकल रेली निकाली जनचेतनामूलक सडक निर्माण कार्यको थालनी गर्ने पनि जानकारी गराउनु भएको थियो।
गण्डकी प्रदेश खेलकुद विकास समितिका सचिव शर्माले विनयी त्रिवेणी वडा न.६ का लागि तत्कालै फुटबल प्रतियोगिता गराउने र वडा न.७ का लागि क्रीकेट खेल प्रशिक्षण कार्य गर्न पत्र आएकोमा आगामी दिनमा दुबै माग सम्बोधन गर्ने तर्फ प्रक्रिया चलाइने पनि धारणा राख्नुभयो।

उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले खेलकुदमा अनुशासनको ठूलो महत्व हुने हुँदा अनुशासित खेलाडीले नै राम्रो नतिजा निकाल्न सकिने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अम्बिका पाण्डे लगायतले खेलकुदको महत्वमाथी प्रकाश पार्नुभएको थियो।
” राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि खेलकुद ” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा नवलपुरबाट ८ स्थानीय तहका ८४६ विद्यार्थी खेलाडीहरुको प्रतियोगितामा सहभागीता रहेको कार्यक्रम सञ्चालक शिव प्रसाद बस्यालले जानकारी दिनुभएको छ।

खेलकुद प्रतियोगितामा नारायणी गण्डकी मा.वि. का शिक्षकहरुले राष्ट्रिय झण्डा फरफराउदै राष्ट्रिय गीत तथा नृत्य पनि प्रदर्शन गरेका थिए।
खेलकुद प्रतियोगितामा कपर्दी,भलिबल, टेकवान्डो,कराते,एथलेटिक्स लगायत ५ खेल खेलाइने आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot