Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाको २१ औं गाउँसभा सुरु, अध्यक्ष यादवद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

आरपि उपाधयाय / नवलपरासी ,८ असार

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ वार्षिक नीति तथा कार्यक्रम सोमबारदेखि पालिका हलमा प्रारम्भ भएको छ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रतापपुर गाउँपालिकाको २१ औं गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
अध्यक्ष यादवले प्रतापपुर गाउँपालिकामा लाइफ लाइनको रुपमा रहेकोे रिङ रोड लगभग ८ किलोमिटर निर्माण कार्य सम्पन्न भएको जसले गर्दा वडा स्तरीय अन्तरसमन्वय सडक संजाल विस्तार भइ गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने र ०८३/०८४ मा क्रमगत योजना सम्पन्न भइ संघ र प्रदेश सरकारको योजनामा २० किलोमिटर सडक चैत्र मसान्तसम्म सम्पन्न गर्ने गरी रिङ रोड निर्माण कार्य सम्पन्न गर्न ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो।
अध्यक्ष यादवले कृषि क्षेत्रको विकास उद्योग पर्यटन क्षेत्रमा भएको प्रगति तथा आगामी वर्षमा गरिने योजना पनि प्रस्तुत गर्नुभयो।
नीति तथा कार्यक्रममा वित्तीय क्षेत्र र शिक्षामा भएको प्रगति,भावी रणनीति बारे पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
अध्यक्ष यादवले खानेपानी तथा सरसफाइको क्षेत्रमा उल्लेखनीय प्रगति भएको र आउँदो आर्थिक वर्षमा थप प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो।
२३ पृष्ठ लामो नीति तथा कार्यक्रम वाचन गर्दै अध्यक्ष यादवले लैङ्िगक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा चालू र आगामी बजेटमा समावेश गर्न ध्यानाकर्षण भएको बताउदै यो क्षेत्रमा पनि नीति र कार्यक्रम केन्द्रित रहने प्रष्ट्याउनु भयो।
उहाँले पुर्वाधार विकास,सडक,पुल, पुलेसा, भवन तथा सहरी विकास,उर्जा,लघु तथा साना जलविद्युत,सुचना प्रविधि र सञ्चार वातावरण तथा विपद व्यवस्थापन,भू संरक्षण, फोहोरमैला व्यवस्थापन तर्फ पनि नीति र कार्यक्रममा केन्द्रित रहेको थियो।


कानुन तथा न्याय,सुरक्षा व्यवस्थापन, राष्ट्रिय सहयोग,सहकार्य,समन्वय विस्तार र अन्तरपालिका सहयोग,सहकार्य, विस्तारबारे पनि नीति तथा कार्यक्रममा समावेश थियो।
गाउँसभामा वडा अध्यक्षहरु,वडा सदस्य, पालिका का शाखा प्रमुख,कर्मचारी र सञ्चार कर्मीहरुको पनि उपस्थिति रहेकोे जानकारी प्राप्त भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित