Rashtriya Dainik

प्रतापपुर–७ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु, युवाको क्षमता अभिवृद्धिमा जोड

राष्ट्रिय दैनिक / नवलपरासी,८ असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ। वडा कार्यालयको आयोजना तथा जन कल्याण सीप प्रशिक्षण केन्द्रको सहजीकरणमा सञ्चालन भएको तालिममा ४० जना सहभागी रहेका छन्।

जन कल्याण सीप प्रशिक्षण केन्द्रका संयोजक सन्जय कुशवाहाको अध्यक्षता तथा प्रतापपुर–७ का वडा अध्यक्ष हरेन्द्र यादवको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष यादवले नेतृत्व विकास, प्रभावकारी सञ्चार कला तथा सार्वजनिक कार्यक्रममा आत्मविश्वासका साथ प्रस्तुत हुन सक्ने जनशक्ति उत्पादनका लागि तालिम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता सीपमूलक कार्यक्रमले युवाको व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सचिव केशव तिवारी, वडा सदस्य धुर्व नारायण पन्जियार, वडा सदस्य रोमा पन्जियार लगायतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए।

तालिमको सहजीकरण पत्रकार उमेश बिक र आरिफ अली खाँले गरिरहेका छन्। तालिममा सहभागीहरूलाई नेतृत्व, सार्वजनिक वक्तृत्वकला, उद्घोषण कला तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
स्थानीय स्तरमै दक्ष र सक्षम नेतृत्व तयार गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको तालिमप्रति सहभागीहरूले उत्साहजनक चासो देखाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित