“स्वामी कमलनयनाचार्यद्वारा शिक्षा क्षेत्रमा नैतिकता, सुशासन र पर्यावरण संरक्षणमा जोड”

आरपि उपाध्याय / त्रिवेणी ,१५ मंसिर

मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले सुन्ने,धैर्यता र गहिरो चिन्तनबाटै शैक्षिक गन्तव्यलाई अगाडि बढाउन सकिने बताउनु भयो।

उहाँले प्राकृतिक पर्यावरण, जलसम्पदाको रक्षा गरेर अगाडि बढन सकिए प्रकृतिको अनुपम उपहार बचाउन सकिने उपदेश दिदै जल,जमिन, जङ्गललाई बचाउनु नागरिकको कर्तव्य रहेको जिकिर गर्नुभयो।
स्वामी नयनाचार्यले अहिले मुलुकमा नैतिक शिक्षा कमजोर हुँदै गएको हुँदा विद्यालय शिक्षामा पनि यसको असर पर्न थालेको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन विद्यालयमा नैतिक शिक्षालाई नै बलियो बनाउनु पर्ने कुरामाथी जोड दिनु भएको थियो।

स्वामी नयनाचार्यले देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएकोमा यसलाई स्थिर बनाउन सुशासन,जवाफदेहिता र कर्तव्य परायणतालाई राज्य पक्षले ध्यान दिनुपर्ने सुझाव पनि दिनुभयो।
विनयी त्रिवेणी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका स्तरीय प्रधानाध्यापकहरुको बैठकमा शिक्षा सम्बन्धि कार्यक्रम कार्यान्वयन कार्यविधि अभिमुखिकरण तथा प्र.अ. हरुको बैठकलाई आशिरवचन प्रदान गर्दै स्वामी नयनाचार्यले त्रिवेणीको गजेन्द्र मोक्ष धाममा सो कुरा बताउनु भएको हो।

त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिका अध्यक्ष करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषालले विद्यालयका प्र.अ. हरुले समुदाय र आफ्नो मातहतका कर्मचारीको भावना अनुसार शैक्षिक गतिविधि बढाउनुपर्ने बताउदै मुलुकलाई समृद्धिको बाटोमा लैजाने कार्यमा शिक्षकहरुको ठूलो भुमिका हुने हुँदा आफ्नो भुमिका र जिम्मेवारीलाई पहिचान गरि राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने तर्फ क्रियाशिल रहनुपर्ने जिकिर गर्नुभयो।


कार्यक्रममा भानुदय नमुना मा.वि.दुम्किबासका प्र.अ. बलराम सुवेदी,शिवपुरगढी मा.वि. का निवर्तमान प्र.अ. अदम बहादुर थापा,पत्रकार आर.पि. उपाध्याय,विष्णु प्रसाद अधिकारी लगयतले शैक्षिक गतिविधि माथि प्रकाश पार्नुभएको थियो।
सो अवसरमा नयाँ नियुक्ति पाउनु भएका ४ जना प्रधानाध्यापकहरुलाई सम्मान गरिएको शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले जानकारी दिनुभएको छ।
प्र.अ. बैठकमा विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका ४० जना प्रधानाध्यापकहरु र शिक्षा शाखा कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot