राष्ट्रिय दैनिक /नवलपरासी,११ मंसिर पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापनाका लागि तयारी गरिएको छ । सुचाउ नगर र बर्दघाट नगरपालिका बिच मुलत: शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने गरी भगिनी सम्बन्ध स्थापना गर्न लागिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।यसका लागि पहल कदमी सुरु भएको उहाले बताउनु भयो । यस सम्बन्धले बर्दघाट नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय बजारसम्म बर्दघाट नगरपालिकाको प्रचार प्रसारमा समेत टेवा पुग्ने बिश्वास लिईएको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याले बताउनुभयो । सुचाउ शहरमा रहेको प्रतिष्ठित कलेज “सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजी”का प्रोफेर चाङ वाई र सोही अस्पतालमा बाल रोग विशेषज्ञको रुपमा काम गरिरहनु भएका नेपाली चिकित्सक डा.केशव कुवर लगायतको टिमले भगिनी सम्बन्ध स्थापनाका लागो सहजीकरण गरिरहेको हो । यसै बिच फ्रोफेसर चाङ वाई सहितको टोलीले आज बर्दघाट नगरपालिकाका स्वास्थ्य सस्था र सामुदायिक बिद्यालयहरुको स्थलगत अवलोकन गरि यहाँ को बस्तुस्थिती र सम्भाब्यताका बारेमा जानकारी लिएको छ । टोलिले बर्दघाटको दिब्यज्योती बहुमुखी,दाउन्ने क्यापस,चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको अवलोकन गरेको हो ।प्रोफेसर वाईले चिनका कलेज हरुमा हुने अध्ययन र अध्यापन विधि अवलोकनका लागि यहाँका शिक्षक र ब्यवस्थापन समितीलाई चीन आउन समेत आग्रह गर्नुभयो । चिनको प्रसिद्ध सुचाउ शहर को उक्त नगर र बर्दघाट नगरका बिचमा शिक्षा, स्वास्थ्य, उद्योग तथा व्यापार, पर्यटन,खेलकुद, संस्कृति र प्रविधिको आदान प्रदानका लागि यस प्रकारको सम्बन्धले उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ ।यस अघि फ्रोफेसर चाङ वाईको सकृयतामा पोखरा महानगर र चिनको सुचाउ महानगर बिच भगिनी सम्बन्ध स्थापना भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।