सुरेश यादव / नवलपरासी ,११ मंसिर पश्चिम नवलपरासीमा सुरु भएको पाँचौं सुनवल महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष ढकालले आन्दोलनका नाममा उद्योग व्यवसायमाथि भएको आक्रमणका घटनाले लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ। उहाँले सरकारले औद्योगिक सुरक्षाको प्रत्याभूति गरि उद्योग सञ्चालनका निम्ति सहज वातावरण बनाईदिन आग्रह गर्नुभयो । सुनवल उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सबमा अध्यक्ष रमेश कर्माचार्यले राष्ट्रिय तथा स्थानिय लगानी कर्ता, उत्पादक र वितरकविच सुमुधुर सम्बन्ध कायम गर्न मेलाले महत्व पुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाले २०० भन्दा बढि व्यावसायिक स्टल रहको मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र करिब १० करोड बराबरको कारोबार हुने लक्ष्य लिएको बताउनुभयो। कार्यक्रममा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशका सांसद बैजनाथ कलवार, सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलगायतले शुभकामना दिनुभएको थियो । मेलामा मुख्य आकर्षणका रूपमा सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, खाना महोत्सव, सेल्फी जोन, पोशाक प्रदर्शनीदेखि बाल उद्यान रहेका छन् । महोत्सव अवलोकनका लागी सर्वसाधरणका लागी १००, विद्यार्थीलाई ७०, समूहमा आउनेलाई ५० प्रतिशत छुट र वालवालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ। सुनवलको हाटबजार परिसरमा आजदेखि सुरु भएको महोत्सव यहि मंसिर २१ गतेसम्म संचालन हुनेछ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।