राजन कुमार बानिया /पर्सा, १० मंसिर सशस्त्र प्रहरीले पर्सामा करिब २१३ किलो गाँजा बरामद गरेको छ। विन्दवासिनी गाउँपालिका–५ बटसौरास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा गएको टोलीले परालको कुन्यु भित्र लुकाइएको अवस्थामा २० पोकामा राखिएको गाँजा फेला पारेको हो। सुराकीको आधारमा गरिएको चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपालका एसपी पुरनचन्द्र भट्टका अनुसार समाजमा लागूऔषध दुरुपयोगले पार्ने दुरगामी नकारात्मक प्रभावलाई ध्यानमा राख्दै, लागूऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्ने रणनीतिअनुसार नै यो सफल बरामद भएको हो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।