आजको राशिफल – Today’s Horoscope २०८२ मंसिर १० गते (२६ नोभेम्बर २०२५) बुधवार, मार्ग शुक्लपक्ष षष्ठी तिथि। श्रवण नक्षत्र। चन्द्रराशि मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मिहिनेत गर्दा तारिफयाेग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। कामको चुनौती समाप्त हुनेछ। नाम र दाम हातलागी हुनेछ। मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले केही समस्या निम्त्याउन सक्छ। कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ। सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे लक्ष्यमा पुग्न केही कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम र दाम दिलाउनेछ। कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम राेकिएला। अरूको फाइदाका लागि उपयोग भइएला। तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीको भरपर्दा काम बिग्रन सक्छ। वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ भने लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ। धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ। मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि मान–सम्मानका साथ मनग्य लाभ हुने समय छ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। तारिफयाेग्य कामले प्रसिद्धि दिलाउनेछ। कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। यात्राकाे साइत जुर्न सक्छ। मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सट्टापट्टा तथा चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।