अमृता सुनार/नवलपरासी , ७ मंसिर लायन्स क्लब अफ सुनवलले सुनवल ३ मा रहेको कामधेनु गौशाला लाई २२ हजार बराबरको पराल प्रदान गरेको छ । क्लबका अध्यक्ष तेज कुमारी चालिसेको अध्यक्षता एबम सुनवल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पबिन गुरुङको प्रमुख आतिथ्यतामा गौसालाका अध्यक्ष मन शोभा पान्डेय लाई उक्त पराल हस्तान्तरण गरिएको हो । सुनवल नगरमा यत्र-तत्र छरिएर रहेका छाडा चौपाया जम्मा गरि उचित संरक्षण गरियपनी खानपानको ब्यवस्थापन गर्न गौसाला लाई निकै कठिनाइ रहेको प्रमुख अतिथिले बताउनुभयो । उहांले छाडा चौपायाका कारण दुर्घटनामा धेरै मानबिय क्षति भएको र खेती बाली नोक्सान गरिदिदा कृषकले पशुचौपाया लाई घाइते बनाउदा उपचार नपाई दर्दनाक अबस्थामा मृत्यु हुनेगरेको हुदा गौ संरक्षणका लागि गौसाला स्थापना गरिएको बताउनु भयो । कार्यक्रममा सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, लायन्स क्लवका संस्थापक अध्यक्ष बिष्णु प्रसाद चापागाईं,गौसाला अध्यक्ष मन शोभा पान्डेय, लायन्स क्लबका पुर्ब अध्यक्षहरु, सदस्य, लियो क्लबका अध्यक्ष एबम सदस्यहरुको सहभागीता रहेकोे थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।