Rashtriya Dainik

सुनवल सामुदायिक सिकाइ केन्द्रको १२ औ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,७ मंसिर

सुनवल सामुदायिक सिकाइ केन्द्रको १२ औ वार्षिक साधारण सभा सुनवल नगरपालिका वडा नं १ मा अवस्थित सिकाइ केन्द्र सोमनाथमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सस्थाको प्रगति प्रतिबेदन सस्थाका अध्यक्ष संजय कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिबेदनमा सस्थाले बिगतको बर्षमा गरेको गतिविधि र आर्थिक बर्ष २०८२/०८३ मा भाबी रणनीति र योजना प्रस्तुत गर्नुभएको थियोे ।
सिकाइ केन्द्रको आर्थिक प्रतिबेदन सिकाइ केन्द्रका कोषाध्यक्ष मुरली गौतमले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा जम्मा आम्दानी रु १२ लाख ४० हजार ८५ रुपैया र जम्मा खर्च १० लाख २८ हजार २ सय २७ गरि जम्मा बचत रु २ लाख ११ हजार ७ सय ५८ रुपैयाँ रहेकोे छ।

कार्यक्रममा सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगर,वडा नं ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाई,सस्थापक अध्यक्ष उमानाथ पोखरेल, खानेपानी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थान प्रसाद गैरे, शिक्षा शाखा अधिकृत पसुपती भट्टराई, प्रोफेसर उमाकान्त शर्मा, योग बिज्ञान प्रशिक्षक हरी पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नुुभएको थियो । केन्द्रका उपाध्यक्ष लिला पङ्गेनीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सचिव दिपक पौडेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित