न्यायमा बाह्य पहुँच सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम त्रिवेणीमा सम्पन्न

आरपी उपध्याय /नवलपरासी ६ मंसिर

नवलपुर जिल्ला अदालतको आयोजनामा न्यायमा बाह्य पहुँच सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम विनयी त्रिवेणी ६ को त्रिवेणी धाममा सम्पन्न भएको छ।
सो अवसरमा जिल्ला न्यायाधीश कमल प्रसाद ज्ञवालीले न्यायको पहुँचबाट टाढा रहेका नगरिकलाई सर्वसुलभ रुपमा न्याय दिनु नै अदालतको परम कर्तव्य रहेको बताउदै उहाँले सत्य र न्यायको पक्षमा सिफारिस गर्दा स्थानीय तहले सत्य र न्यायकै लागि सिफारिस दिन आग्रह गर्नुभयो।
जिल्ला न्यायाधीश ज्ञवालीले सहभागीहरुद्वारा उठाइएको प्रश्नको जवाफ दिदै उहाँले अन्यायमा परेका सेवाग्राहीलाई भरपर्दो र विश्वासिलो न्याय दिनु न्यायलयको जिम्मेवारीको साथ कर्तव्य रहेको पनि जिकिर गर्नुभएको थियो।
सो अवसरमा नवलपुरका जिल्ला न्यायधी वक्ता प्रकाश शर्मा पौडेल, नवलपुर जिल्ला वार इकाइ अध्यक्ष गणेश अधिकारी लगायतले सहभागीद्वारा उठाइएको प्रश्नको जवाफ दिनुभएको कार्यक्रम सञ्चालक समेत रहनुभएका श्रेस्तेदार प्रेम प्रसाद पौडेलले बताउनु भयो।
उक्त कार्यक्रममा हरबेन्द्र कुमार कार्की, डिम्बर बहादुर राउत,भेषराज खनाल, दीपक थापा,जीवन पौडेल,कमल परियार,वडा सदस्य योगिता सहानी,दीपा रायमाझी लगायतले अन्यायमा परेका नागरिकहरुले भोग्नुपरेको समस्या सम्बन्धि जिज्ञासा राख्नु भएको थियो।
कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,जिल्ला न्यायाधीश प्रकाश कोइराला,ई.प्र.का. त्रिवेणीका वरिष्ठ स.ई. गगन पुरी लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot