काठमाडौं । संयुक्त अभियानको आयोजनामा मंसिर ६ गते अाज शनिबार सांस्कृतिक शान्ति तथा सद्भाव ¥यालीमा सहभागिता जनाउन आह्वान गरेकाे छ । देशमा विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख गौरव, हाम्रो संस्कृति, महान राष्ट्र र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव ¥याली गर्न लागेका हो । ललितपुरको पाटन दरबार स्क्वायरमा ११ः३० भेला भएर ¥याली १२ः१५ बजे काठमाडौंकाे बसन्तपुर दरबारकाे कालभैरव मन्दिरमा सम्पन्न हुने कार्यक्रम रहेकाे छ । सामुहिकतामा आधारित सांस्कृतिक एकताबाट देशलाई दिशानिर्देश गर्नुको विकल्प नरहेको आयोजकले जानकारी गराएको छ । सो सामूहिक भेला मार्फत शान्तिका लागि सांस्कृतिक कार्यक्रम तय गर्न राष्ट्रिय सामाजिक संघ संस्था, खलः पुचः सांस्कृतिक तथा जातीय समाज लगायत स्वाधीन अभियानकर्मी तथा शुभ चिन्तकहरुलाई उपस्थित हुन समेत संयुक्त अभियान समूहको मूख्य संयोजक राजमान मानव आह्वान गरेका छन् । गत कार्तिक २९ गते ललितपुर च्यालसमा रहेको ज्यापु समाजमा बसेको बैठकबाट र्याली गर्ने निर्णय गरिएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।