सिमावर्ती क्षेत्रमा तस्करी मौलाउँदै, प्रशासनलाई चुनौती: सार्वजनिक सुनुवाइमा सहभागीहरूको कडा प्रश्न

आरपि उपाध्याय / नवलपरासी ,२ मंसिर

पश्चिम नवलपरासीको परासीमा आयोजित एक कार्यक्रममा आफ्नो भनाइ राख्नेहरुले दक्षिणी सिमावर्ती क्षेत्रहरूबाट हुँदै आएको तस्करी थप मौलाउदै गएको र लागु औषध ओसारपसार गर्ने गिरोहहरुले प्रशासनलाई नै चुनौती दिएको बताएका थिए।
उनीहरूले विद्यालय शिक्षामा नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्ने र नारायणी नदी पारीको सुस्तामा तत्काल स्थायी सिमाङ्कन गरि सुस्ता भुमिको जग्गालाई नापी नक्सा गराउन सकिए राज्य बलियो हुने सुझाव दिएका थिए।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी को आयोजनामा नागरिक सेवाग्राही सुझाव संकलन,सेवा सुविधा समन्वय सहजीकरण सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो सुझाव राख्ने व्यक्तिहरुले उक्त धारणा राखेका हुन।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी को ४ महिने समीक्षा कार्यक्रम अन्तर्गत सम्पन्न सार्वजनिक सुनुवाइ सहित अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्नेहरुले जिल्ला अन्तर्गतका अधौगिक प्रतिष्ठानबाट निस्किने धुलो,दुर्गन्धले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा त्यसको व्यवस्थापन गर्नुपर्ने र ट्राफिक प्रहरीद्वारा विभिन्न बहानामा गरिने सवारी चेकजाँच रोकिनु पर्ने बताउदै जिल्लाका नापी मालपोत कार्यालयमा सेवाग्राही पुग्दा बिचौलीयाले ठगी गरेको दुखेसो पनि व्यक्त गरेका थिए।


कार्यक्रममा सरकारी कार्यालय र पालिकाको नागरिक वडा पत्रहरु प्रायः जसो मेटिएको र अस्पष्ट भएकोले यसतर्फ पनि जिल्ला प्रशासन कार्यालय गम्भीर हुनुपर्ने धारणा राखेको पाइएको छ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले प्रशासनद्वारा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सुशासन र पारदर्शिताको मुद्दा  उठान भएकोले सबै खाले जिज्ञासालाई तत्काल सम्बोधन हुने गरि अगाडि बढाउने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले नदी र खोलाजन्य सामाग्रीलाई प्रक्रियागत रुपमा व्यवस्थापन गर्न स्थानीय तह संग समन्वयकारी भुमिका अगाडि बढाइएको बताउदै समस्या मात्र उठाउनु भन्दा समाधानको बाटो खोजेर अगाडि बढ्न आग्रह गर्नुभयो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा रामग्राम नगरपालिका प्रमुख धनपत यादव,नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिक्रम प्रसाद यादव,ने.क.पा. एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी,नेपाली कम्युनिस्ट पार्टीका भविश्वर तिवारी आजाद,जनता प्रगतिशील पार्टीका राधेरमण पाण्डे,ज.स.पा. नेपालका धरेन्द्र यादव,नागरिक उन्मुक्ति पार्टीका ओम प्रकाश चौधरी,उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष राजेस गुप्ता लगायतले नागरिकको प्रतिनिधित्व हुने गरि आफ्नो धारणा राखेका थिए।


सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका परासी केन्द्र प्रमुख सुरज के.सी.,जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक माधव चौधरी लगायत सरोकारवाला निकायका प्रमुखहरूले आफ्नो जिम्मेवारी भित्र परेका प्रश्नको जवाफ दिनुभएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भए लगत्तै कार्यालय प्रमुखहरुको बैठक बसेको थियो भने उक्त बैठकमा सेवाग्राहीको माग सम्बोधन गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot