क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीद्वारा सत्ता र ब्यवस्थाको भण्डाफोर

राष्ट्रिय दैनिक /नवलपरासी ,२ मंसिर

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जिल्ला सदरमुकाम परासी सहित छ स्थानमा बिरोध प्रर्दशन सहित कोणसभा गरेको छ । मंगलवार पार्टीले चारवटा पालिकाको छ वटा बजारमा बिरोध प्रर्दशन सहित कोणसभा गरेको जनाएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल , नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा(मशाल) बीच एकता महाधिबेशन सम्पन्न गरेर बनेको पार्टी हो ।
साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने नाराका साथ बर्दघाट, सुनवल र रामग्राम नगरपालिका एंव सरावल गाउँपालिकाको मुख्य बजारहरुमा पार्टीले बिरोध प्रर्दशन गरेको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिनुभयो ।


बर्दघाटको भुताहाबजारको चोक र भटौलिया बजार , सुनवलको भुमही बजार र सोमनाथ हाटबजार, जिल्ला सदरमुकाम परासीस्थित बुद्धचोक र सरावल गाउँपालिकाको केन्द्रमा पार्टीले भण्डाफोर सहित बिरोध कार्यक्रम गरेको उहाँको भनाई छ ।
जिल्ला सदरमु्‌काम परासीको बुद्धचोकमा आयोजित कोणसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जेनजीको माग भ्रष्टाचार विरुद्ध, सामाजिक सन्जाल बन्दको विपक्षमा रहेको र त्यो मागको पक्षमा आफुहरुले विगत देखि आन्दोलन गर्दै आएको बताउदै अबको राजनीतिक निकास स्वाधीन संयुक्त सरकार मात्र रहेको औल्याउनु भयो । उक्त कार्यक्रमको संचालन क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले गर्नुभएको थियो ।
अटो रिक्सा र मोटरसाइकलहरु प्रयोग गरेर पार्टीका नेता कार्यकर्ताहरु बिरोधका कार्यक्रममा सरिक भएका थिए ।
त्यस्तै, सुनवलको सोमनाथ हाटबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एंव जिल्ला सेक्रेटरी रवि पाण्डेयले जेनजी बिद्रोहलाई दिशाविहीन बनाएर बैदेशिक शक्तिहरुले राष्ट्रिय स्वाधीनतालाई प्रहार गरेको बताउनुभयो । उहाँले संसदीय ब्यवस्था मुठ्ठीभर दलालहरुको ब्यवस्था रहेको उल्लेख गर्दै भष्ट्रचारको जननी नै संसदीय ब्यवस्था रहेको चर्चा गर्नुभयो । उक्त कार्यक्रमको संचालन पार्टीका जिल्ला सदस्य तथा सुनवल नगर संयोजक प्रेमलाल रिमालले गर्नुभएको थियो ।
यसैगरी भुताहा बजारको चोकमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले वर्तमान सत्ता र ब्यवस्था भष्ट्र दलालहरुको भएकोले यसबाट देशले निकास नपाउने उल्लेख गर्दै स्वाधीन संयुक्त सरकारको आवश्यकता माथि जोड दिनुभयो । उक्त बिरोध कार्यक्रमको संचालन पार्टीका जिल्ला सदस्य तथा बर्दघाट नगर संयोजक ज्ञान बहादुर केसीले गर्नुभएको थियो ।
त्यस्तै भुमही बजारको कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले सम्बोधन र चुडामणी भण्डारीको संचालन, सरावल गाउँमा आयोजित कार्यक्रममा चुडामणी भण्डारीले सम्बोधन तथा पार्टीका जिल्ला सदस्य तथा सरावल गाउँपािलका संयोजक मेखनारायण चौधरीको संचालन र भटौलिया बजारमा पार्टीमा जिल्ला सेक्रेटरी रवि पाण्डेयको सम्बोधन र क्रान्तिकारी संयुक्त मोर्चा नेपालका संयोजक चुडामणी भण्डारीको संचालन रहेको जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले जानकारी गराउनुभयो ।


भ्रष्टाचार विरुद्धको अभियान संचालन गरिरहेको उक्त पार्टीका नेता कार्यकर्ताले कालो ब्यानर प्रर्दशन सहित नाराबाजी र हात हातमा प्ले कार्ड र झण्डा लिएका थिए । कार्यक्रम वरपर ठुलो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो । उनीहरुले दलालहरु होसियार, भष्ट्रचारी मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, कठपुतली सरकार खारेज गर, स्वाधीन संयुक्त सरकार गठन गर जस्ता चर्का नाराबाजी समेत गरेको सुनवलको प्रत्यक्षदर्शी माया थापाले बताउनुभयो । कार्यक्रममा स्वाधीन संयुक्त सरकारको लागि देशभक्त, जनवादी , क्रान्तिकारी र वामपंथीहरु एकजुट होऔं भन्ने अपिल वितरण गरिएको थियो ।


पार्टीले कार्तिक २८ गते देखि मंसिर ५ गते सम्म भण्डाफोरका कार्यक्रम र मंसिर ७ गते बुटवलमा आयोजित जनसभालाई बृहत बनाउने योजना सहित कार्यक्रम निर्माण भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले बताएको छ । सुस्ता, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा पनि भण्डाफोर सहितको कार्यक्रम हुने जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot