फजुल खर्च होइन सेवा: बर्दघाट मेयर श्रेष्ठद्वारा अस्पताल र आश्रयस्थलमा फलफुल वितरण

राष्ट्रिय दैनिक /नवलपरासी,३० कार्तिक

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले आफ्नो जन्मोत्सव सामाजिक सेवामूलक गतिविधिबाट मनाउँदै विभिन्न अस्पतालका बिरामी तथा आश्रित बालबालिकामझ फलफुल वितरण गरेका छन्।

मेयर श्रेष्ठले चिसापानी अस्पताल, शहीद स्मृति अस्पताल चौपत्ता तथा सहयात्री नेपालमा आश्रय लिइरहेका बालबालिकालाई फलफुल वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभ र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

गत वर्ष जन्मोत्सवका अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेर समाजमा सकारात्मक सन्देश दिएका मेयर श्रेष्ठले यस वर्ष पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सेवा केन्द्रित कार्यक्रम सम्पन्न गरेका हुन्।

जन्मदिनमा हुने फजुल खर्चलाई न्यूनिकरण गर्दै समाजोपयोगी कार्यमा सहभागी हुन सबैलाई आग्रह गर्दै उनले भने,
“सानासाना प्रयासहरूले नै समाज रुपान्तरणमा ठूलो प्रभाव पार्छन्।”

आगामी दिनहरूमा पनि यस्ता समाजसेवी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै मेयर श्रेष्ठले नगरबासीबाट सहयोग र साथको अपेक्षा व्यक्त गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot