काठमाडौं ,२९ कार्तिक : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मृल्य वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी दिएको छ। ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४७ रुपैयाँ पुगेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।