बिनोद निगम/नवलपरासी , २९ कात्तिक पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारेमा प्रहरीले अवैध रूपमा भित्र्याइँदै गरिएको इलेक्ट्रोनिक सामानसहित तीन जनालाई पक्राउ गरेको छ। बुधबार राति करिब २३:३० बजे नियमित गस्ती तथा चेकजाँचका क्रममा UP 56 P 1746 नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ठूलो परिमाणको इलेक्ट्रोनिक सामग्री फेला परेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार बरामद सामग्रीमा ३९० थान इयर पोड्स, १,२४० थान मोबाइल टेम्पर्ड ग्लास, र ९५ थान T–800 वेटर वाच रहेका छन्। यी सामानको कुल मूल्य करिब रु. ६ लाख ७७ हजार बराबर पर्छ। सामानको बिल–बिजक प्रस्ट नभएपछि प्रहरी टोलीले तत्काल सोधपुछ गर्दै टोलीसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकामा भारतको महराजगंजका २२ वर्षीय इन्द्रेश यादव, स्थानीय कामेश्वर बनियाँ (३५) र अलमान अन्सारी (३१) रहेका छन्। उनीहरू सवार UP 56 P 1746 र UP 56 AD 9331 नम्बरका दुई मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद सामग्री, मोटरसाइकल तथा पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।