क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा बर्दघाटमा वडा समिति विस्तार

नवलपरासी, २९ कार्तिक – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले वडा समिति गठन गरेको छ । शनिबार बर्दघाट–०४ दिब्यनगरमा भएको भेलाले लालु गिरीको संयोजकत्वमा सात सदस्यीय ४ नम्बर वडा सङ्गठन समिति चयन गरेको छ । समितिको सदस्यमा सुजन रोकाहा, लक्ष्मी ढकाल , कमला थापा, देवकला भण्डारीलगायत छन्। उक्त भेलाबाट वडामा तत्काल ५ वटा सेल समिति गठन पुनर्गठन गर्ने र पार्टीका योजनामा सक्रिय रुपले लाग्ने निर्णय भएको वडा संयोजक लालु गिरी जानकारी दिए । भेलाले २२ वटै टोलहरुमा ईकाई (सेल) समिति विस्तार र क्रान्तिकारी संयुक्त मोर्चा नेपालको सदस्यता विस्तारको कामलाई समेत ब्यवस्थित गर्ने तयारी भएको गिरीको भनाइ छ ।
कार्यक्रममा पार्टीका युवा नेता समेत रहेका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले वर्तमान दलाल ब्यवस्थाको बिकल्पमा नयाँ जनवादको खुडकिलो पार गरेर बैज्ञानिक समाजवादमा देशलाई पु¥याउनु क्रान्तिकारीहरुको दायित्व रहेको बताए ।
उनले संसदवादीहरुको एकताले देशलाई निकास दिन नसक्ने बताउदै पार्टीले क्रान्तिकारी धुब्रीकरणको पहल लिईरहेको बताए ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीले सबै उत्पीडित जाति एंव वर्गको मुक्ति गर्ने पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी मात्र रहेको दावी गरे ।
कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकाल, क्रान्तिकारी युवा संघ नेपालका जिल्ला संयोजक राम प्रसाद अर्गेजा, संघका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेलगायतको आतिथ्यता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot