सुरेश यादव / नवलपरासी ,कार्तिक २९ कार्तिक सुनवल नगरपालिका-२ मा रहेको धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट पुनः अध्यक्षमा लक्षुमण बानिया सर्बसम्मत चयन हुनु भएको छ । निवर्तमान अध्यक्ष बानियाको अध्यक्षता एवंम सस्थाका संस्थापक अध्यक्ष धनमाया गौतमको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । ९ सदस्यिय कार्यसमितीको उपाध्यक्षमा एकनारायण सुवेदी, सचिव पिताम्बर बस्याल, कोषाध्यक्ष कोपिला पौडेल, सदस्यहरुमा महादेव यादव, सिता पराजुली,राजेन्द्र यादव,पदम बहादुर क्षेत्रि, महरानी थारु रहेका छन् भने लेखा समितीमा संयोजक संजय थापा, रामनरायण राजभर, हेमलता चौधरीलाई चयन गरिएको निर्वाचन संयोजक लेखनाथ भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रममा अध्यक्ष बानियाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै २०६८ सालमा स्थापना भएको सहकारीमा कुल बचत १ करोड २० लाख ८४ हजार रहेकोमा १ करोड १ लाख ४७ हजार ऋण लगानी भएको बताउनुभएको छ । जसबाट आर्थिक बर्ष २०८१/८२ मा २ लाख ६ हजार शुद्ध नाफा गरेको बताउनुभयो । यस्तै संस्थापक अध्यक्ष गौतमले सहकारीमा सेयर सदस्यहरुको संख्या थप बृदि गरि पुजी बढाउन आग्रह गर्दै ऋण लगानीलाई समयानुकुल परिमार्जन गरि लगानी गर्न सुझाव दिनुभयो । लेखा संयोजक रामनाथ पौडेलको लेखा प्रतिबेदन र कोषाध्यक्ष कोपिला पौडेलले बार्षिक आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।संचालक समिती सदस्य सिता पराजुलीको स्वागत मन्तब्यमा सुरु गरिएको कार्यक्रमको सन्चालन सचिव पिताम्बर बस्यालले गर्नुभएको हो । साथै साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै पारदर्शिता, उत्तरदायित्व तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठीको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।