स्वाधीन संयुक्त सरकार मात्र अबको विकल्प: क्राकपा नेपाल

नवलपरासी, २९ कार्तिक : साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले बर्दघाटमा भण्डाफोर स्वरुप कोण सभा गरेको छ । शुक्रवार बर्दघाट नगरपालिका चोकको हरियाली नगर साइडबाट निकालिएको जुलुसले हाटबजारमा पुगेर कोण सभामा गरिएको हो ।

भ्रष्टाचार विरुद्धको अभियान संचालन गरिरहेको उक्त पार्टीले जेनजी बिद्रोहलाई दिशाबिहीन बनाएर बिदेश शक्तिकेन्द्रको इशारामा कठपुतली सरकार बनाइएको भन्दै बिरोध प्रदर्शन गरेको छ । कालो ब्यानर सहित कम्युनिष्ट पार्टीको झण्डा र प्ले कार्ड सहित बिरोध कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जेनजीको माग भ्रष्टाचार बिरुद्व र सामाजिक सन्जाल बन्दको विपक्षमा रहेको र त्यो मागको पक्षमा आफुहरुले बिगत देखि आन्दोलन गर्दै आएको बताउदै अबको राजनीतिक निकास स्वाधीन संयुक्त सरकार मात्र रहेको औल्याए । त्यस्तै क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासी संयोजक चुडामणि भण्डारीले स्वाधीन संयुक्त सरकारको लागि देशभक्त, जनवादी , क्रान्तिकारी र बामपंथीहरु एकजुट हुने समय आएको र त्यसबाट मात्र देश जोगाउन सकिन बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot