महाकवि देवकोटा प्राविधिक शिक्षालयमा २४ महिने प्रि डिप्लोमा कोर्सको उद्घाटन

अमृता सुनार/ नवलपरासी ,२९ कात्तिक

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ सोमनाथमा अवस्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयमा २४ महिने प्रि डिप्लोमा कोर्सको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी प्रसाद चापागाईंको अध्यक्षता तथा सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम शर्मा, लुम्बिनी प्रदेशका कोर्डिनेटरहरु, विभिन्न उधोगहरुबाट सहभागी उधोगीहरु, प्रशिक्षक लगाएतको उपस्थिति रहेको थियो ।

उक्त प्रि डिप्लोमा कोर्समा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । जसको उद्देश्य दक्ष जनशक्ति उत्पादन गर्नुरहेको छ र २४ महिना कोर्स पछि विभिन्न कलकारखानामा रोजगारी पाउनेछन।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापा मगरले देशमा बेरोजगारीको मुख्य समस्या रहेकोले यो टेक्नीकल सिकेको सीपको पुरा फाइदा उठाउनुपर्नेमा जोद दिदै कोर्सको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।

महाकवि देवकोटा विद्यालयका प्रधानाध्यापक खेमलाल शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कोर्डिनेटर अमृत मिश्राले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot