सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १२ औँ साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,२९ कात्तिक

पश्चिम नवलपरासीको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १२ औ साधारण सभा सुनवल १ सोमनाथ रिर्सोटमा सम्पन्न भएको छ । समुहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य बस्नेतले आफुले काम गर्दा पछि त्यसको श्रेय को ख्याल नगर्ने बताउदै विगतमा आफु पनि सुनवल खानेपानी संस्थाको अध्यक्ष हु्‌दै गर्दा जुन विश्वासका साथ आफुलाई संस्थाको नेतृत्व सुम्पिएको थियो सोहि अनुरुप जिम्मेवारी पुरा गर्न पनि सफल भएको वताउनुभयो । साथै आगामी दिनमा समेत सुनवलको खानेपानीको वृद्धि र विकासमा आफ्‌ेनो ल्याकतले भ्याए सम्म सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभयो ।

यस्तै सुनवल नगरप्रमुख बिमला अर्यालले विपन्न घर परिवारको लागी निशुल्क खानेपानी वितरण गर्न सुनवल नगरपालिका सफल भएको बतनाउनुभयो । स्वच्छ खानेपानीको अवधारणालाई मध्येनजर गर्दे आफ्‌नै कार्यकाल भित्र खानेपानीमा ल्याव जडान गरि स्वच्छ खानेपानी विरण गर्ने गरि नगरले योजना अगाडी सारेको बताउनुभयो ।

सो अवसरमा खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थान प्रसाद गैरे, पुर्व अध्यक्ष एवं सल्लाहाकार विष्णु प्रसाद पौडेल, महकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने, डिभिजन खानेपानीका प्रमुख दिनेश प्रसाद शाह, नेपाली काङग्रेस सुनवल उपसभापति रमेश कर्माचार्य, खानेपानी उपभोक्ता महासँघ नवलपरासी अध्यक्ष देविदत्त सापकोटा लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे समुहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले सुनवल खानेपानीको सम्पुर्ण ऋण चुक्ता गर्न सफल भएको बताउनुभयो । त्यस्तै लेखा समिति संयोजक मुक्तिराम भण्डारीले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ असार मसान्त सम्म सुनवल खानेपानी ५२ लाख ३८ हजार रुपौया नाफामा रहेको वताउनुभयो ।

त्यस्तै कोषाध्यक्षको प्रदिवेदन प्रस्तुत गर्दे कोषाध्यक्ष दिलकुमारी बुढामगरले आर्थिक वर्ष २०८१/८२ मा सुनवल खानेपानीले २ करोड ७९ हजार ३ सय ४१ आम्दानी गर्न सफल रहेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष हिमलाल पराजुलीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव मुक्ति बहादुर भण्डारीले गर्नुंभएको ब्यवस्थापक शोभाकान्त शर्माले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot