प्रजिअ लम्सालद्वारा सुस्तामा विकास तथा सीमा अवस्थाबारे स्थलगत निरीक्षण

राष्ट्रिय दैनिक / त्रिवेणी ,२९ कार्तिक

पश्चिम नवलपरासीमा हालै सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारीले सुस्ता गाउँपालिकाका जनप्रतिनिधि र शाखा प्रमुख बिच विकास निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।


प्र.जि.अ. कृष्ण प्रसाद लम्सालले सुस्ता ५ मा रहेको नारायणी नदी पारीको भूभाग नदीले कटान गरेको र नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा हुने गतिविधिको विषयमा जानकारी लिनुभयो।
उहाँले नारायणी नदी पारी सुस्तामा खानेपानीको अवस्था,टेलीकम नेटवर्कको अवस्था र सुस्ताका नेपालीहरुको दैनिकी बारे पनि जानकारी लिनुभएको थियो।


कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले प्र.जि.अ. लम्साल समक्ष नारायणी नदीको कटान नियन्त्रण नगरे केही वर्षमै सुस्ताको पहिचान समाप्त हुन सक्ने अवस्थाबारे जानकारी गराउदै गाउँपालिका अध्यक्ष उपाध्यायले सुस्तामा संघ,प्रदेश, सरकारबाट केही विकास निर्माण कार्य भएपनि खानेपानी र तटबन्ध प्रमुख मुद्दा रहेकोेले यसतर्फ पनि ध्यान दिन जरुरी रहेको ध्यानाकर्षण गर्नुभयो।

सुस्ता गाउँपालिकामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमकै सिलसिलामा केही दिन पुर्व सुरक्षा अधिकारी सहित नारायणी नदी पारी सुस्तामा पुगेको र त्यहाँको भूगोल,सिमाना,नागरिकको अवस्थाबारे जानकारी लिएको बताउदै प्र.जि.अ. लम्सालले नेपाल सरकारले नागरिकलाई दिने सुशासन पाउनु नागरिकको अधिकार भएकोले सुशासन दिने काममा जिल्ला प्रशासन प्रतिबद्ध रहेको धारणा राख्दै नागरिक र राज्यबिचको दुरी कम गर्नु हाम्रो जिम्मेवारी रहेकोले यसतर्फ मन,कर्म र वचनबाट त्यो जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको जिकिर गर्नुभयो।
सोही क्रममा प्र.जि.अ. लम्सालले सुस्ता २ कुडियामा रहेको बाग्मती चिनी कारखानाको स्थलगत निरीक्षण गर्दै कारखाना सञ्चालनको तिथि,मिति सहित भुक्तानी प्रक्रियाबारे पनि जानकारी लिनुभएको कारखानाका उखु लेखा प्रमुख होमकान्त लम्सालले बताउनु भएको छ।

यसै क्रममा सुस्ता गाउँपालिकामा आउनु भएका प्रमुख जिल्ला अधिकारी लम्साल संग हाम्रा वरिष्ठ संवाददाता आर.पि. उपाध्यायले संक्षिप्त कुराकानी गर्नु भएको थियो। सो सन्दर्भमा लम्सालले राज्यको पहिलो प्राथमिकता सुशासन रहेकोेले यसतर्फ जिल्ला प्रशासन कार्यालयले जिल्लामा नागरिक सहायता कक्ष स्थापना गरि नागरिकको गुनासो सुन्ने गरेको र जिल्ला अन्तर्गतका पालिका,सरकारी कार्यालयहरुको छड्के निरीक्षण आदि कार्य गर्दै आएको प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot