बिदामा घर आएका प्रहरीले नै वडाअध्यक्षमाथि गोली हानि हत्या गरेको खुलासा

जनकपुरधाम,२८ कार्तिक — धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्षमाथि प्रहरीले नै गोली प्रहार गरी हत्या गरेको खुलेको छ ।

मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका वडाअध्यक्षमाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो । दुईपक्षबीच विवाद हुँदा वडाध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले नै गोली चलाएको खुलेको हो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

१३औं दिनको तिथिमा सहभागी हुन गएका वडाअध्यक्ष यादवमाथि स्थानीय धर्मराज यादवले गालीगलौज गरेपछि विवाद सिर्जना भएको थियो ।

विवाद उग्र हुँदै जाँदा धर्मराज यादवका आफन्त पर्ने शम्भु यादवले वडाअध्यक्ष विन्देश्वर यादवमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्ने शम्भु यादव प्रहरीमै कार्यरत जवान रहेको खुलेको छ । उनी गोली प्रहार गरेर घटनास्थलबाट फरार भएका छन् ।

सप्तरीको एक प्रहरी चौकीमा दरबन्दी रहेका उनी बिदामा घर आएका थिए । बिदामा घर आउँदा उनले प्रहरीकै हतियार बोकेर आएको हुनसक्ने आशंका गरिएको छ ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार घटनामा संलग्न रहेको प्रत्यक्षदर्शीको भनाइ अनुसार प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

‘घटनामा ३/४ जनाको संलग्नता भएको स्थानीयले बताएका छन्, त्यसै आधारमा हामीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot