बिनोद निगम / नवलपरासी ,२७ कात्तिक
पश्चिक नवलपरासीमा सवारी दुर्घटनामा एक बालकको मृत्यु भएपछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार साँझ करिब ५:३० बजे सुनवल नगरपालिका – ६ तिलकाना गाउँस्थित भित्रीबाटोको चोकमा द पायनियर इङ्लिस बोर्डिङ स्कुलको लु १ ख २६६९ नम्बरको स्कुल बसले ठक्कर दिँदा सुनवल – ४ निवासी सन्तोष कहारका ४ वर्षीय छोरा शुभम् कहार गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई उपचारका लागि लगिएको भए पनि उपचारको क्रममा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक सुनवल-३ निवासी ५२ वर्षीय गोपाल परियारलाई प्रहरीले नियन्त्रणमा लिएर आज बिहीबार २७ गते अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

