कृष्णानगर बजार सरसफाइमा अध्यक्ष रितेश शर्माको व्यापारी लाई डस्टबीन उपहार

 

कृष्णानगर, कार्तिक २७

कपिलवस्तुको दक्षिण पश्चिममा रहेको मुख्य व्यापारिक केन्द्र कृष्णानगर बजार लाई फोहोर मुक्त बनाउन उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले कृष्णानगर बजारका व्यापारी लाई डस्टबीन उपहार दिएका छन्।

सरसफाइ हामी सबैको दायित्व बोध गराउन शर्माले कृष्णानगर बजारका अधिकांश व्यापारी लाई पसल बाट निस्केको फोहोर डस्टबिनमा राखेर उचित व्यवस्थापन  गर्न अनुरोध गरेका छन्। साथै उहांले बजार सफा र सुन्दर बनाउन सबैको दायित्व रहेको बताउदै सरसफाइ बाट विभिन्न किसिमका रोग बाट समेत बच्न सघाउ पुर्याउने बताए। बजारमा सार्वजनिक सौचालय व्यापारी हरूका लागि निःशुल्क गर्नुपर्ने माग समेत उठेको छ। 

जाडोयाम लागेपछि नेपालको ज्याकेट, कास्मेटिक सामान लगायत अन्य सामान  भारतीय हरू किनमेल गर्न नेपाल आउदां नेपालको व्यापार बढ्ने समेत देखिन्छ र सुन्दर र सफा बजार बनाउन सके उपभोक्ता हरूको मन लोभिने स्थानीय हरु बताउछन्।

नेपाल भारतका व्यापारी हरूको सम्बन्ध मजबुत बनाउन तथा भारतीय पर्यटक हरूका सहजताका लागि नेपालको मुख्य व्यापारिक केन्द्र कृष्णानगर भन्सार नाकामा, भारतीय पर्यटक, नेपाल प्रहरी, ट्राफिक प्रहरी, भन्सार कर्मचारी, व्यापारी, जनप्रतिनिधि लगायतको उपस्थितमा उद्योग वाणिज्य संघ कृष्णानगरले समय समयमा अन्तरक्रिया कार्यक्रम समेत गर्दै आएको छ। 

बजारमा डस्टबीन वितरण गरिएको प्रति अध्यक्ष रितेश शर्मालाई व्यापारी हरू धन्यवाद दिदै सरसफाइमा अध्यक्ष शर्माको पहल अविस्मरणीय रहने बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot